logo
२०८१ असोज ५ शनिवार



प्रयोगात्मक शिक्षामा जोड दिँदै कालीकाेटकाे पालाँता गाउँपालिका

शिक्षा |


प्रयोगात्मक शिक्षामा जोड दिँदै कालीकाेटकाे पालाँता गाउँपालिका
विद्यालयको प्रयोगशालामा राखिएका विज्ञान प्रयोग सामाग्रीको निरक्षण गदै गाउँपािलका अध्यक्ष लक्ष्मणबहादुर बमलगायत तस्बिरः प्रेमराज सिम्खडा


प्रेमराज सिम्खडा
कालीकोट, असोज २३ गते । कालीकोट जिल्लाको पालाँता गाउँपालिकाले प्रयोगात्मक शिक्षामा लगानी सुरु गरेको छ । जिल्लाकै निःशुल्क शिक्षा लागु भएको गाउँपालिका घोषणा गरेको पलाँता सरकारले त्यसको दुई वर्ष पुग्नै लाग्दा गाउँपालिकाभित्रका माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरेर प्रयोगात्मक शिक्षालाई जोड दिएको घोषणा गरेको छ ।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले आफैँले अक्षर चिन्न सुरु गरेको सरस्वती माध्यमिक विद्यालय थिर्पुमा विज्ञान प्रयोगशाला स्थापना गरेर नयाँ, व्यfवहारिक, अबको पिँढीलाई सबै ठाउँमा बिकाउनका लागि प्रयोगात्मक शिक्षा प्रदान गर्न आफू लागिपरेको बताउनुभयो । अध्यक्ष बमले आफूले गर्न बाँकी कामभित्रको विज्ञान प्रयोगशाला स्थापना रहेको भन्दै आफ्नो कार्यकाल भरी पलाँताका सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरी सबैलाई प्रयोगात्मक, व्यवहारिक र वैज्ञानिक शिक्षामा जोड्ने बताउनुभयो ।
अध्यक्ष बमले पहिलो चरणमा कक्षा आठभन्दा माथिका विद्यार्थीलाई केन्द्रित गरिएको विज्ञान प्रयोगशाला अर्को आर्थिक वर्षबाट सबै तहका विद्यालयमा पढ्ने विद्यार्थीलाई केन्द्रित गर्ने बताउनुभयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले सधैँका लागि दुर्गम र विकट पलाँता नहुने बताउनुभयो । आफू जिल्ला विकास समितिमा रहँदा पलाँताका गाउँ परिषदमा सहभागी हुन प्रतिनिधि पनि जान नमान्ने पलाँतालाई अब सबैले र्हेनैपर्ने बनाउन आफू पनि केन्द्रित रहेको बताउनुभयो । आफु पनि पलाँताकै स्थायी बासिन्दा भएको स्मरण गराउँदै पलाँताको विकासमा आफूले अनुभव गरेका सबै ज्ञानको सदुपयोग गर्ने बताउनुभयो ।
कालीकोटको पलाँता सरकारले यसभन्दा अगाडि पलाँता विकास निर्माण कार्यदलको घोषणा, महिला स्वास्थ्य स्वसेविकालाई मासिक तलब, सबै विद्यालयमा सबै तहको शिक्षा निशुल्कलगायतका निर्णय गरेको थियो । कर्णाली नदीमाथि प्लास्टिकका ड्रममाथि गाडी राखेर कर्णाली पार गराएर पलाँताले गाउँपालिकाभरि आफ्नो पलाँता वेलकम (स्वागत पलाँता) यातायात सञ्चालन गरिरहेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?