logo
२०८१ असोज ५ शनिवार



६५ विद्यालयको एक साथ पुनःनिर्माण   

शिक्षा |
प्रदेश |


६५ विद्यालयको एक साथ पुनःनिर्माण   
सांकेतिक तस्बीर


गलकोट, कात्तिक ३ गते। बागलुङमा एकसाथ ६५ विद्यालयको पुनःनिर्माण थालिएको छ । भूकम्प गएको पाँच वर्ष बित्दा बल्ल ११४ विद्यालय भवन ठडिएका हुन् ।  भुकम्प गएको पाँच वर्ष बितिसक्दा विद्यालय पुनःनिर्माणले अहिले आएर गति लिन थालेको छ । २०७२ सालको भुकम्पबाट क्षति पुगेका विद्यालय भवन पुनःनिर्माणले गति लिन थालेको हो । बागलुङमा विद्यालय भवन निर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाले विद्यालय पुनःनिर्माणमा गति दिएको हो ।    
    
बागलुङमा पुनःनिर्माण कार्यालय शिक्षा स्थापना भएपछि आर्थिक वर्ष २०७५-७६ मा ३८ र २०७६-७७ को पहिलो चरणमा आठ गरी ४६ विद्यालय पुनःनिर्माण भइसकेका र २०७६-७७ को दोस्रो चरणमा ६५ विद्यालयको पुनःनिर्माण एकसाथ थालिएको जिल्ला आयोजना कार्यान्वय एकाइले जनाएको छ । बन्दाबन्दीकै समयमा आर्थिक वर्ष २०७६-७७ को पहिलो चरणमा निर्माण शुरु गरेका आठ विद्यालयको निर्माण कार्यसमेत सकिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख मतिलाल चपाईले जानकारी दिनुभयो ।    
    
सो कार्यालय स्थापनाअघि तत्कालिन जिल्ला शिक्षा कार्यालय र जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत ६८ विद्यालय भवन पुनःनिर्माण भइसकेका थिए । भुकम्पले क्षति पु¥याएका विद्यालयमध्ये हालसम्म ११४ विद्यालय भवन पुनःनिर्माण भइसकेका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?