logo
२०८१ असोज ५ शनिवार



डडेल्धुरामा कक्षा ११ को परीक्षा सुरु

शिक्षा |


डडेल्धुरामा कक्षा ११ को परीक्षा सुरु


राजेन्द्र ठगुन्ना
अमरगढी कातिक १९ गते । डडेल्धुरा जिल्लाका माध्यामिक विद्यालयहरुमा कक्षा ११ को परीक्षा सुरु गरिएको छ । कोरोनाको त्राससँगै कक्षा ११ को परिक्षा दिन विद्यालयमा पुगेका विद्यार्थीहरुलाई स्वास्थ् तथा सुरक्षाका सबै प्रक्रिया पूरा गरी परीक्षा हलमा प्रवेश गराईने गरिएको छ ।
कक्षा ११ को वार्षिक परिक्षा सञ्चालन,व्यवस्थापन,मूल्यांकन,नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि २०७७ अनुसार डडेल्धुराका विद्यालयहरुले कक्षा ११ को परीक्षा सुरु गरेका छन् ।
कार्यविधि अनुसार परिक्षा तालिका सार्वजनिक गरेर डडेल्धुराका अधिकाँस विद्यालयहरुले परिक्षा सञ्चालन सुरु गरेका छन् भने केही विद्यालयहरु सञ्चालनको तयारीमा छन् ।
डडेल्धुरा जिल्लाका ३३ वटा मावि मध्ये अजयमेरु गाउँपालिकामा रहेका बालकल्याण माध्यामिक विद्यालय र भद्रपुर माध्यमिक विद्यालयले कातिक १७ गतेबाट परिक्षा सञ्चालन गरेका छन् । भने १७ वटा विद्यालयहरुले परिक्षा सञ्चालनको तालिका सार्वजनिक गरेका छन् ।
डडेल्धुरा जिल्लामा जम्मा ३३ वटा माध्यामिक विद्यालयहरु रहेको र जसमध्ये १७ वटा विद्यालयहरुले कक्षा ११ को परिक्षा सञ्चालनको तालिका राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय डडेल्धुरालाई बुझाएको कार्यालय प्रमुख नारदप्रसाद जोशीले बताउनुभयो । उहाँले भन्नुभयो कक्षा ११ को परिक्षा सञ्चालन कार्यविधि २०७७ अनुसार विद्यालयहरुले आफूलाई पायक पर्ने समयमा परिक्षा सञ्चालन गरिरहेका छन् । डडेल्धुरा जिल्लाका धेरै विद्यालयहले कातिक २० गतेबाट परिक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेका छन् ।
लामो सयमसम्म कोरोनाका कारण विद्यालयमा पठनपाठन गर्न नपाएका विद्यार्थीहरु एकाएक परीक्षा हलमा उपस्थित हुँदा विद्यार्थीहरुको कम्जोर मनस्थिति देखिन्छ ।
कोरोनाका कारण कोर्ष नै पूरा नभई विना तयारी परीक्षा दिई रहेका विद्यार्थीहरुको नतिजाका बारेमा अभिभावकहरुलाई चिन्ता परेको देखिन्छ । साधारणतर्फका विद्यार्थीहरु भन्दा प्राविधिक धारतर्फको परीक्षा दिने विद्यार्थीहरुलाई बढी समस्या देखिएको छ ।
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाहरु बाजुराका २२ वटा मावि,बझाङ्गका ४८ वटा मावि, अछामका ३८ वटा मावि,डोटीका ३५ वटा मावि डडेल्धुरा ३३ वटा मावि बैतडीका ६३ वटा मावि र दार्चुलाका २७ वटा गरि २ सय ६६ वटा माविहमध्ये आधाभन्दा बढी माविले परिक्षा सञ्चालनका लागि तालिका सार्वजनिक गरेको जानकारी राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय डडेल्धुरालाई जानकारी गराएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?