logo
२०८१ असोज ६ आईतवार



रुपन्देहीका निजी विद्यालय तिहार लगत्तै खाेल्ने प्याब्सनकाे निर्णय

शिक्षा |


रुपन्देहीका निजी विद्यालय तिहार लगत्तै खाेल्ने प्याब्सनकाे निर्णय


दीपक ज्ञवाली
बुटवल,कात्तिक २३ गते । कोरोना जोखिमका कारण लामो समय बन्द रहेका रुपन्देहीका निजी विद्यालयहरू तिहार लगत्तै भौतिक रुपमै सञ्चालन हुने भएका छन् । निजी विद्यालय सञ्चालकहरुको संगठन प्याब्सन रूपन्देहीले तिहारलगत्तै विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ 
लामो समयको बन्दाबन्दीले विद्यार्थीको सिकाइप्रक्रिया अवरूद्घ भएकाले सुरक्षित तरिकाले भौतिक रूपमै पठनपाठन गराउने तयारी भएको प्याप्सनले जनाएको छ । बुटवलमा आयोजित प्याब्सन जिल्ला भेलाले त्यसको आवश्यक तयारीमा रहन संगठन माताहतका विद्यालय,शिक्षक,अभिभावक र विद्यार्थीलाई आग्रह गरेको छ । प्याब्सन रुपन्देही अध्यक्ष लेखनाथ पौडेलले तिहारलगत्तै विद्यालय सञ्चालन गर्ने वातावरण मिलाइदिन सम्पूर्ण पालिकाहरू र सम्बन्धित सबैलाई लिखित अनुरोध गर्ने बताउनुभयो ।
उहांले अन्य सबै क्षेत्र खुलिसकेको सन्दर्भमा विद्यालयमात्र बन्द गरिनु औचित्यपूर्ण नरहेको भन्दै भैतिक उपस्थितिमा पठनपाठन गर्ने निर्णय भएको बताउनुभयो । त्यसअघि सम्पूर्ण कक्षा कोठा सेनिटाइज गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न विद्यालयहरुलाई आग्रह गरिएको उहांले बताउनुभयो ।
संगठनका केन्द्रीय सल्लाहकार कृष्णप्रसाद खनालले वैकल्पिक शिक्षण सिकाइ विधिले सम्पूर्ण विद्यार्थीलाई समेट्न नसकेकोले भौतिक उपस्थितिको विकल्प नभएको बताए ।
रूपन्देही जिल्लामा प्याब्सन आबद्ध २ सय ४० निजी विद्यालय छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?