logo
२०८१ असोज ६ आईतवार



मेलम्चीमा खुले विद्यालय

शिक्षा |


मेलम्चीमा खुले विद्यालय


चित्र मिजार
सिनधुपाल्चोक, कात्तिक २६ गते । कोरोना भाइरस (कोभिड १९) अत्याधिक संक्रमण फैलिएको मेलम्ची नगरपालिकाका बिद्यालय सञ्चालन हुन थालेका छन् । बिद्यार्थीहरुलाई भौतिक रुपमा नै बिद्यालय उपस्थिति गराएर शिक्षण सिकाई गर्न थालिएको छ ।
मेलम्ची नगरपालिकाले बिद्यालय खुलाउन पत्राचार गरेपछि सो नगरभित्रका ६२ वटा सामुदायिक बिद्यालय र १३ वटा संस्थागत विद्यालय खुलेका छन् । नगर शिक्षा अधिकृत सुदीनराज बुढाथोकीका अनुसार संघीय सरकारले जारी गरेको सिकाई सहजीकरण निर्देशिका बमोजिम अनलाइन, रेडियो, टेलिभिजन माध्यमबाट दिइएको शिक्षा प्रभावकारी नभएपछि बिद्यार्थीलाई नै बिद्यालयमा उपस्थिति गराएर पठनपाठन शुरु गरिएको छ ।
भौतिक दुरी, स्वास्थ सामाग्रीको प्रयोग गरि बिद्यालय सञ्चालन भएका छन् । कक्षा १ देखि ५ सम्म ५० जनाभन्दा कम बिद्यार्थी भएका विद्यालयमा एक सिप्ट र सो संख्याभन्दा माथि रहेका विद्यालयमा दुई सिप्ट गरेर पढाउन थालिएको छ । कक्षा ८ सम्म सञ्चालित बिद्यालयका हकमा एक सिप्ट ७५ जनाभन्दा बढी बिद्यार्थी नहुनुपर्ने मापदण्ड बनाइएको छ । कुनै पनि विद्यार्थीलाई कोभिड १९ संक्रमण देखिए मोडालिटी परिवर्तन गरेर शिक्षण सिकाईलाई निरन्तरता दिने पनि सो नगरपालिकाले जनाएको छ ।
सो नगरका मेयर डम्बर अर्यालले विद्यालयहरुमा सिकाई सहजीकरण स्वास्थ सुरक्षा उपलब्ध गराउन १५ लाख बजेट बिनियोजन गरेको जानकारी दिनुभएको छ । विद्यालय खुलेपनि बिद्यार्थी उपस्थितिमा उत्साह नभएको सिन्धु पुराना माध्यमिक विद्यालयका प्रअ कुमार खतिवडाले बताउनुभएको छ । सामाजिक दूरी कायम गरि , ज्वरो नाप्ने, मास्क, स्यानिटाइजरको प्रयोग गरी शिक्षण सिकाई सञ्चालन भएको प्रअ खतिवडाले जानकारी दिनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?