logo
२०८१ असोज ६ आईतवार



बागलुङका सबै विद्यालय खुले, विद्यालयमा खाजा र बस निषेध

शिक्षा |


बागलुङका सबै विद्यालय खुले, विद्यालयमा खाजा र बस निषेध


नवीन शिशिर विक
बागलुङ, मंसिर २५ गते । करिब नौ महिनापछि बागलुङ जिल्लाभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको छ । विद्यालय क्षेत्रका अभिभावक, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधिसहितको संयुक्त बैठकले विद्यालय सञ्चालन कार्य योजना निर्माण गरी स्वास्थ्य मापदण्डको पालना गर्दै नियमित कक्षा सञ्चालन भएका हुन ।
जिल्लाका अधिकांश पालिकामा र नगरको ग्रामिण भेगमा यसअघि नै विद्यालयहरु सञ्चालनमा आए पनि बजारभित्र कोराेना त्रासको कारण पढन पाठन रोकिएको थियो । नगर शिक्षा समितिले आवश्यक सबै सुरक्षा सावधानी अपनाएर विद्यालय खोल्ने निर्णय गरे लगतै सावधानी अपनाएर कक्षा सञ्चालनको अनमुति दिएको नगर शिक्षा अधिकारी डण्डापानी शर्माले जानकारी दिनुभयो ।
लामो समयदेखि विद्यालय खुल्न सकेका थिएनन्, अनलाईन कक्षाहरु सञ्चालन भैरहेका थिए’ उहाँले भन्नुभयो– अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति सबैलाई सचेत गराएर विद्यालय खोल्ने र भौतिक उपस्थीतिमै पठनपाठन गर्न रोकतोक छैन ।’ विद्यालय सञ्चालनको अनुमति पाए पनि स्कुल बस सञ्चालन भने रोकिएको छ ।
बसमा सामाजिक दुरी कायम नहुने जस्ता समस्यालाई ध्यानमा राखेर बस संचालन रोकेको शिक्षा अधिकारी शर्माको भनाइ छ । विद्यालयमा सामाजिक दूरीका साथ बस्ने, मास्क, सेनिटाईजर, फेसभेस राम्रोसँग प्रयोग गर्ने बानीको विकास भएपछि बस सञ्चालनको अनुमति प्रदान गर्ने उहाँले बताउनुभयो ।
नगरपालिकाले भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गर्नको लागि निर्देशिन दिए पछि दुई सिफ्टमा विद्यालय सञ्चालन गरेको रुद्रेपीपल माविका प्रधानध्यापक राजेश श्रेष्ठले बताउनुभयो । ‘भौतिक दूरी कायम गर्न दुई सिफ्टमा पठनपाठन गरेका छौँ’ उहाँले भन्नुभयो–‘धेरै विद्यार्थी भएको कक्षलाई हल विभाजन गरेर पढाएका छौँ ।
आफ्नो विद्यालयमा कोरोना जोखिमको अवस्थालाई ख्याल राख्दै आवश्यक कार्ययोजना बनाएर, अभिभावकहरु छलफलबाट पारित गर्ने र नगर शिक्षा शाखामा बुझाउने गरी विद्यालय खोल्न दिइएको छ, नगर शिक्षा समितिका संयोजक गणेश थापाले बताउनुभयो ।
विद्यालयमा खाजा खुवाउने, गाडी चलाउने, लगायतका कार्यहरुमा अझै पनि प्रतिवन्ध कायमै छ,’ उहाँले भन्नुभयो ‘कक्षा कोठाभित्र पनि विद्यार्थीबीच कम्तीमा एक मिटरको दूरी कायम भएको हुनुपर्छ ।) नगर शिक्षा समितिले विद्यालय अनुगमन गर्ने र आवश्यक रिपोर्टिङ गर्ने जिम्मा पनि वडा शिक्षा समितिलाई दिएको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?