logo
२०८१ असोज ६ आईतवार



कोरोनाका कारण बन्द विद्यालय सबै खुले

शिक्षा |


कोरोनाका कारण बन्द विद्यालय सबै खुले
ओखलढुंगाको लिखु गाउँपालिकामा रहेको श्री ग्रामोदय युगकवि सिद्धिचरण माविमा अध्ययनरत विद्यार्थी ।



ओखलढुंगा, समाचारदाता
ओखलढुंगा, पौष ६ गते । कोरोना भाइरसको फैलँदो संक्रमणका कारण बन्द भएका विद्यालय नौ महिनापछि खुल्न थालेका छन् । नेपाल सरकारले सहज सिकाइ निर्देशिका २०७७ जारी गरेपछि विद्यालय सञ्चालनमा आएका हुन् ।
सहज सिकाइ निर्देशिका २०७७ का आधारमा विद्यालयहरु सञ्चालनमा आउन थालेका शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय ओखलढुंगाका इकाइ प्रमुख भिम प्रसाद मिश्रले बताउनु भयो । मंसिर २५ गतेदेखि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालनमा आएका उहाँको भनाइ छ । विद्यार्थीको संख्याका आधारमा स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन भइरहेको भनिए पनि कतिपय विद्यालयहरुले स्वास्थ्य मापदण्ड नअपनाई बिद्यालय संचालन गरिरहेको अवस्थामा संक्रमणको जोखिम भने बढी नै रहेको छ । खुलेका विद्यालयहरुमा अनिवार्य मास्क, सेनिटाइजर र हात धुने साबुन पानीको व्यवस्था गर्न सम्बन्धित विद्यालयलाई हरेक गाउँपालिका शिक्षाशाखाले पत्राचार गरेको बताइएको भए पनि विद्यालयहरुले तेस्तो गरेको पाइएको छैन ।
पहिला जिल्ला शिक्षा कार्यालयले गर्ने अधिकांश काम स्थानीय निकायलाई जिम्मा दिएको र स्थानीय तहका शिक्षा शाखाले समन्वय नगर्दा कतिपय तथ्याङ्क तथा विवरणहरु समेत मिल्न छाडेका छन् । शिक्षा शाखा अधिकृतहरु हरेक स्थानीय तहमा भए पनि इकाईसँग समन्वय नगरेको ईकाई प्रमुख मिश्रको भनाइ छ । जिल्ला भित्रका सबै ३३१ समुदायिक तथा ३३ संस्थागत विद्यालयहरु संचालनमा आएको शिक्षा समन्वय ईकाई ओखलढुंगाले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?