logo
२०८१ असोज ६ आईतवार



सिमकोट गाउँपालिकाका विद्यालय माघ १५ गतेबाट सञ्चालन हुने

शिक्षा |


सिमकोट गाउँपालिकाका विद्यालय माघ १५ गतेबाट सञ्चालन हुने
फाइल तस्विर


राजन रावत
हुम्ला माघ ५ गते । कोरोना संक्रमणका कारण बन्द रहेका सिमकोट गाउँपालिकाभित्रका विद्यालयहरु आगामी माघ १५ गतेबाट पठनपाठन सुचारु हुने भएका छन् । आइतबार बसेको सिमकोट गाउँपालिका र विद्यालयका प्रधानाध्यापकहरुबिचको बैठकले अब पठन पाठन सुरु गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणका त्रास कम भएको र अन्यत्र सबैतिरका विद्यालयमा पठनपाठन सुचारु भएको बेला सिमकोट गाउँपालिकाभित्रका सबै विद्यलायहरुमा पठनपाठन गर्ने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताउनुभयो ।

यो समय हुम्लाका विद्यालयहरुमा हिउँदे बिदा हुने समय हो । तर यस वर्ष नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै पठनपाठन नभएको र हाल कोरोनाको त्रास कम भएको निष्कर्ष निकाल्दै आगामी माघ १५ गतेबाट पठनपाठन सुचारु गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

गाउँपालिकासँगको निर्णय अनुसार अब विद्यालयले पठनपाठन कार्य कसरी सुचारु गर्ने, विधार्थी तथा बाहिर रहनुभएका शिक्षकलाई खवर गरेर पठनपाठन सुचारु गर्ने व्यवस्था गर्नुपर्नेछ । कोरोना संक्रमणबाट बच्न आवश्यक सुरक्षा ब्यबस्था मिलाएर पठनपाठन सुरु हुनेछ । सिमकोट गाउँपालिकामा सामुदायिक र संस्थागत गरी २८ वटा विद्यालय  छन् । गत ५ गतेबाट विद्यालय रहदै आएको भए पनि बीचमा साउन र असोज महिनामा पठनपाठनको प्रसाय गरिएको भए पनि कोरोना संक्रमण देखिँदा बन्द भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?