logo
२०८१ असोज ६ आईतवार



सार्वजनिक विद्यालयलाई सुसम्पन्न बनाउनुपर्छ

शिक्षा |


सार्वजनिक विद्यालयलाई सुसम्पन्न बनाउनुपर्छ


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षाको आधार विद्यालय शिक्षा भएकाले शैक्षिक तथा भौतिक पूर्वाधारले सार्वजनिक विद्यालयलाई सुसम्पन्न बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित ‘राष्ट्रपति शैक्षिक सुधार’बारे छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले कार्यक्रमलाई विद्यालय शिक्षाको विकासमा केन्द्रित भई अघि बढ्न जोड पनि दिनुभयो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटलाई सरकारले अझ सुदृढ बनाउनुपर्छ भन्दै राष्ट्रपति भण्डारीले शिक्षा क्षेत्रमा गरिएको लगानीको प्रतिफल चाँडै प्राप्त हुन सक्दैन, त्यसका लागि प्रतीक्षा गर्नुपर्ने विचार पनि राख्नुभयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई आवश्यकताअनुसार सुधार गर्दै लैजानुपर्ने सुझाव पनि राष्ट्रपतिले दिनुभएको जानकारी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिनुभयो ।
राष्ट्रपतिले विद्यालयको पूर्वाधार विकास एवं शैक्षिक सुधारका लागि योगदान पुग्ने गरी स्रोतको परिचालन तथा समयमै काम सम्पन्न गर्न शिक्षा मन्त्रालयका अधिकारीलाई निर्देशन पनि दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?