logo
२०८१ असोज ६ आईतवार



जन्मदिनमा एक सयभ न्दा बढी विधार्थीलाई शैक्षिक सामग्री

शिक्षा |
समाज |


जन्मदिनमा एक सयभ न्दा बढी विधार्थीलाई शैक्षिक सामग्री
सुनसरीको इनरुवा ४ स्थित रेडक्रस आधारभूत विद्यालय र ज्ञानोदय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै ।



जयकृष्ण यादव
इनरुवा, माघ १९ गते । सुनसरी सदरमुकाम इनरुवा २ निवासी शिवकुमार यादवले आफ्नो जन्मदिनको अवसरमा एक सयभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । गरिब तथा विपन्न वर्गका बालकालिकाहरु शैक्षिक सामग्रीको अभावमा कक्षा छाड्ने क्रम बढेको गुनासोको आधारमा जन्मदिन पारेर यादवले कापी, कलम, इरेजरसहितको शैक्षिक सामग्री प्याकेज वितरण गर्नुभएको हो ।
धर्मराज कपी उद्योगका संचालक एवं फूलवारी क्रिकेट क्लबका संस्थापक समेत रहनुभएका शिव यादवले आफ्नो जन्मदिन तथा पिता इनरुवा वडा नम्बर २ वडा अध्यक्ष श्रवण (सुरेन्द्र) यादवको वैवाहिक वर्षगाँठका अवसरमा इनरुवा जुनियर जेसिजको संयोजकत्वमा सोमबार इनरुवा ४ मा रहेको रेडक्रस आधारभूत विद्यालय र ज्ञानोदय आधारभुत विद्यालयका १११ विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?