logo
२०८१ असोज ६ आईतवार



मन्त्री श्रेष्ठद्वारा शिक्षामा अमेरिकी सहयोगको प्रशंसा

शिक्षा |
राष्ट्रिय |


मन्त्री श्रेष्ठद्वारा शिक्षामा अमेरिकी सहयोगको प्रशंसा


         
काठमाडौँ, माघ २६ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा विद्यालय क्षेत्र सुधार कार्यक्रम र दूर तथा प्राथमिक शिक्षाका विकासमा अमेरिकी सरकारको सहयोग उल्लेखनीय रहेको बताउनुभएको छ । मन्त्री श्रेष्ठले नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीसँग आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा दुई देशको आपसी सम्बन्ध आगामी दिनमा अझै सुमधुर हुने विश्वास व्यक्त गर्नुभयो ।

प्राकृतिक विपद् या कोरोना महामारीका समयमा अमेरिकी सरकारले उपलब्ध गराएको मानवीय सहयोगप्रति आभार व्यक्त गर्दै उहाँले अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडन र उपराष्ट्रपति कमला ह्यारिसको कार्यकाल सफलताको शुभकामना दिनुभयो ।

राजदुत बेरीले अमेरिकी सरकारले बहुपक्षीय ढंगबाट सहयोग गर्ने जानकारी दिँदै नेपालप्रति अमेरिकी सरकारको नीतिमा कुनै परिवर्तन नआएको स्पष्ट गर्नुभयो । नेपालको प्राथमिक र दूर शिक्षामा आफ्नो सहयोग वृद्धि हुन सक्ने विश्वास पनि राजदुत बेरीले व्यक्त गर्नुभयो । मन्त्रालयका सचिव गोपीनाथ मैनालीले नेपालको शिक्षा अनुसन्धानमा अमेरिकाले गरेको लगानी महत्वपूर्ण रहेको बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?