logo
२०८१ असोज ६ आईतवार



शिक्षक र कक्षाकोठा अभाव ठाउँ पाउन तीन घण्टा अगाडि लाइन

शिक्षा |


शिक्षक र कक्षाकोठा अभाव ठाउँ पाउन तीन घण्टा अगाडि लाइन
कक्षाकोठामा सिट सुरिक्षत राख्न बिद्यालयको गेटमा उभिएका बिद्यार्थीहरु ।


शिवशंङ्कर मिश्र
बारा, माघ २८ गते । महागढीमाई नगरपालिका वडा नम्बर १० गंजभवानीपुरमा रहेको भोला माध्यमिक बिद्यालयमा कक्षा कोठा तथा शिक्षक अभाव रहेको छ । बिद्यार्थीहरुलाई बसेर पढनको लागि आवश्यता अनुसारको कक्षाकोठा तथा शिक्षकको व्यवस्था नहुँदा पठनपाठन नै प्रभावित भएको छ ।
एउटै कक्षा कोठामा धेरै बिद्यार्थीहरुलाई राखेर पढाउनु पर्ने भएकोले बिधार्थीहरु बस्ने ठाउँ रोक्न अढाई/तीन घण्टा अगाडि आउने गरेका छन् ।
बिहान १० बजे पुग्नुको साटो बिहानै साढै ७ बजेदेखि आएर स्कूल अगाडीको मुल गेटमा बस्ने गरेका छन् । अगाडिका बेञ्चमा बसेर पढनको लागि बिद्यार्थीहरु बीच उकुस–मुकुस (ठेलम ठेल) हुने गरेका बिद्यार्थीहरुले बताएका छन् ।
अगाडि तथा बेञ्चमा बस्नको लागि अढाई÷तीन घण्टा पहिला नै आएर बिद्यालयको गेटमै बिधार्थीहरुले लाईनमा बसेर बिद्यालय खुल्ने प्रतिक्षा गर्ने गरेको कक्षा ६ की फुलकुमारी गुप्ताले बताउनुहुन्छ । कक्षा ६ मा १७० जना छात्रछात्राहरु रहेका छन् ।
एउटै कक्षामा धेरै बिधार्थीलाई बसाएर पढाउँदा पछाडि बसेपछि अगाडिबाट शिक्षकहरुले बोलेको कुरा बुझन कठिने हुने गरेकोले आफुहरु अगाडि बस्नको लागि बिद्यालयको गेटमै लाईनमा लागेको कक्षा ८ मा अध्ययनरत रामनिवास कुशवाहाले गुनासो गर्नुभयो ।
भोला माध्यमिक बिद्यालयको कक्षा ८ मा अध्ययनरत रहेको कुशवाहाले हाम्रो ८ कक्षामा अढाई सय बढी बिद्यार्थीहरुले रहेकोले पछि आउने बिधार्थीहरुलाई बस्नको लागि बेञ्नको अभाव हुने गरेकोले पहिलेदेखि नै आएर लाईनमा बस्नु पर्ने बाध्यता भएको उहाँले बताउनुभयो ।
बिद्यालयमा गंजभवानीपुर, दहियार, मल्हनी, बजनी, बिजुलपुर, बगडमपुर, नगरदाहा, करैया र नौतन लगायतका गाउँटोलहरुबाट बिधार्थीहरुले पढन आउँने गरेको बिद्यालयका शिक्षकहरुले बताएका छन् ।
बिद्यालयका प्रधानाध्यापक मोहनप्रसाद साहले बिद्यालयमा बिधार्थीहरुलाई बस्न कक्षाकोठा तथा उनीहरुलाई पढाउन शिक्षकको अभाव रहेको बताउनुभयो । माध्यमिक तहमा मात्रै पाँच सय ५० बढी बिधार्थी अध्ययनरत रहेको र उनीहरुलाई पढाउनको लागि आठ जना शिक्षक मात्रै रहेको प्रअ साहले बताउनुभयो ।
प्रत्येक कक्षामा ४० बिधार्थीहरुलाई पढाउनको लागि एक शिक्षकको आवश्यकता हुनु पर्नेमा लगभग ७० बिधार्थीहरुमा एउटा शिक्षकले सेवा दिदै आएको उहाँले सुनाउनुभयो ।
बिद्यालयमा खाली रहेको तीन जना शिक्षकको दरबन्दी मध्ये दुई वटा दरबन्दी महागढीमाई नगरपालिकाले काटेको तथा बाँकी रहेको एउटा दरबन्दीमा शिक्षको नियुक्ती गर्न कठिनाई भएको प्र.अ.साहले बताउनुभयो ।
बिद्यालयमा कक्षा १ देखि +१२ सम्ममा १८ सय बढी बिद्यार्थी अध्ययनरत रहे पनि स्थानीय सरकारबाट शिक्षकको व्यवस्था र कक्षाकोठा निर्माणमा चाहे जति सहयोग हुन नसकेको बिद्यालय संस्थापक भोला साह परिवारले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?