logo
२०८१ असोज ६ आईतवार



विद्यार्थी सधै सकारात्मक हुनुपर्छ : शर्मा

शिक्षा |


विद्यार्थी सधै सकारात्मक हुनुपर्छ : शर्मा


गोरखापत्र समाचारदात
काठमाडौँ, फागुन १० गते । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले परिवार तथा समाजको सपनालाई साकार पार्ने गरी उच्च शैक्षिक यात्रा अघि बढ्न विद्यार्थीहरुलाई आहन गर्नुभएको छ । विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा अध्ययन गर्नका लागि प्रेरित गर्ने उद्देश्यले करियर प्याइन्टद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेका प्रवक्ता शर्माले विद्यार्थीले सधै सकारात्मक सोचको साथ अघि बढ्नुपर्ने बताउनुभयो । मुलुकमा राजनीतिक परिवर्तन भए पनि अझै सामाजिक रुपान्तरण हुन नसकेको उल्लेख गर्दै उहाँले यसका लागि विद्यार्थीको भूमिका मुख्य हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेतृत्वमा विश्वासको संकट भएको अवस्थामा कुनै पनि संस्था सहज हिसावले अघि बढ्न नसक्ने बताउनुभयो । कडा रुपमा मिहिनेत गर्न, समस्यासित जुधदै अघि बढ्ने वानीको विकास विद्यार्थीमा बढाउनुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो । अरुको आलोचना नगरी आफूबाट परिवर्तनको सुरुवात गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा विद्यार्थीलाई विदेशमा होइन स्वेदशमा नै उच्च शिक्षा हासिल गर्न र स्वदेशमै समृद्धिको अभियानमा जुट्न आह्वान गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?