logo
२०८१ असोज ६ आईतवार



उपत्यकाको संस्कृति जोगाउन नेपालभाषा आवश्यक

शिक्षा |


उपत्यकाको संस्कृति जोगाउन नेपालभाषा आवश्यक


गाेरखापत्र अनलाइन 

काठमाडौं, फागुन १९ गते गते । उपत्यकाको संस्कृति जोगाउन नेपालभाषा (नेवारी)को ज्ञान जरुरी भएको काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले बताउनुभएको छ ।
‘नेपालभाषा प्रशिक्षण सहायक प्रशिक्षक तालिम’ मा सहभागीलाई सम्बोधन गर्दै उहाँले, महानगरले नेपालभाषालाई स्थानीय भाषाको पाठ््यक्रम रुपमा कार्यान्वयन गरेपछि अन्य स्थानीय तहलाई पनि स्थानीय भाषाको पठनपाठन गराउन सिकाइ हुने बताउनुभयो ।

तीन दिनसम्म चलेकाे प्रशिक्षण नेवाः स्यनामि दबू नेपाल मण्डलको संयोजनमा महानगरको शिक्षा विभागले ३० जना प्रशिक्षक उत्पादन गरेकाे छ । यसैबीच, काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रम ‘येँ देय् म्हसीके’ पठनपाठन गराउन १७२ जना प्रशिक्षण सहायकसँग करार सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको छ । प्रक्रियाबाट छनौट भएर आउनेहरूलाई अहिलेको तालिमका सहभागी प्रशिक्षकहरूले शिक्षण प्रशिक्षण गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?