logo
२०८१ असोज ६ आईतवार



एउटै कक्षामा १६५ जना विद्यार्थी, भवन नपुग्दा वरन्डामा पनि कक्षा

शिक्षा |


एउटै कक्षामा १६५ जना विद्यार्थी, भवन नपुग्दा वरन्डामा पनि कक्षा
कपिलवस्तुको यशोधरा गाउँपालिका ५ बैदौलीमा रहेको अनिरुद्र पब्लिक माध्यमिक विद्यालयमा भवन अभाव हुँदा विद्यार्थीले सास्ती खेप्नु परेको छ । जिल्लाको पुरानो विद्यालयमा भवन र शिक्षक दरबन्दी कम हँुदा एउटै कक्षाका एक सय भन्दा बढी विद्यार्थी राखी कक्षा संचालन गर्नुपर्ने वाध्यता रहेको छ । भारतीय सीमा सँगै रहेको विद्यालयमा गाउँपालिकाका आठवटा वडाका विद्यार्थीले माध्यामिक तह अध्ययन गर्दै आएका छन् । एस ई ई दिएपछि अध्ययन गर्ने गाउँपालिका भित्रको एक मात्र विद्यालयमा कक्षा नौ ा १६५ जना विद्यार्थी कोच्चिएर अध्ययन गर्दै आएका छन् ।



जानु पाण्डे
कपिलवस्तु, फागुन २६ गते । कपिलवस्तुको यशोधरा गाउँपालिका ५ बैदौलीमा रहेको अनिरुद्र पब्लिक माध्यमिक विद्यालयमा भवन अभाव हुँदा विद्यार्थीले सास्ती खेप्नु परेको छ । जिल्लाको पुरानो विद्यालयमा भवन र शिक्षक दरबन्दी कम हुँदा एउटै कक्षाका एक सय भन्दा बढी विद्यार्थी राखी कक्षा संचालन गर्नुपर्ने वाध्यता रहेको छ । भारतीय सीमा सँगै रहेको विद्यालयमा गाउँपालिकाका आठवटा वडाका विद्यार्थीले माध्यामिक तह अध्ययन गर्दै आएका छन् । एस ई ई दिएपछि अध्ययन गर्ने गाउँपालिका भित्रको एक मात्र विद्यालयमा कक्षा नौ ा १६५ जना विद्यार्थी कोच्चिएर अध्ययन गर्दै आएका छन् ।

हाल विद्यालय आसपासका ५० बढी गाउँका १२ सय बालबालिका अध्ययन गर्दै आएका छन् । विद्यालयमा भवन अपुग रहेको छ । अझैँ पनि कम्तीमा थप १० कोठा आवश्यकता पर्ने देखिन्छ । सुठौली भन्सार नाका सडक विस्तार गर्दा ८ कक्षा कोठा सडक विस्तारमा गुम्ने अवस्थामा पुगेको छ । विद्यालयमा बेन्चको अभाव हुँदा ठुला विद्यार्थी होचो डेस्क बेन्च प्रयोग गरी बस्नु परेको विद्यालयका प्रधानाध्यापक रमेश कुमार पाण्डेयले दुखेसो पोख्नुभयो ।

टिनको छाना भएको र झ्याल नहुँदा गर्मीमा पढ्न निकै कष्ट हुन्छ । बेच्न होचो भएको हुँदा पढ्दा ढाँड दुख्ने समस्या भएको कक्षा ११ मा अध्ययनरत विद्यार्थी सुभाष यादवले बताउनुभयो । यता विद्यालय शिक्षकको दरवन्दी समेत न्यून छ । निम्न माध्यामिक र प्राथमिक गरी १४ जना शिक्षकको दरवन्दी रहेको छ । विद्यार्थी अनुपात अनुसार दरवन्दी नहुँदा एकै कक्षामा धेरै बालवालिका पढाउनु पर्ने बाध्यता रहेको छ । धेरै बालवालिकालाई सिकाउँदा आई कनट्याक्ट गर्न सकिंदैन ।

उनीहरुलाई बुझाएर पढाउन समेत कठिन रहेको शिक्षक अनिता यादवले बताउनुभयो ।
जिल्लाको तेस्रो पुरानो विद्यालयलाई पूर्व प्रधानन्यायाधिस अनिरुद्ध सिंहले वि.सं २०१० सालबाट आधा खर्च बेहोर्ने गरी संचालन गर्नुभएको थियो । वि.सं २००२ सालमा स्थापना भएको विद्यालयले बैशाखको पहिलो सातामा ७५ औँ हिरक महोत्सव मनाउने तयारी समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?