logo
२०८१ असोज ७ सोमवार



प्रदेश २ मुलुक कै प्राविधिक शिक्षाको हब बन्न सक्छ - मुख्यमन्त्री राउत

शिक्षा |
प्रदेश |


प्रदेश २ मुलुक कै प्राविधिक शिक्षाको हब बन्न सक्छ - मुख्यमन्त्री राउत



दिपकप्रसाद गौतम
वीरगञ्ज, वैशाख ६ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को वीरगञ्जलाई मुलुककै प्राविधिक शिक्षाको हब बनाउन सकिने बताउनुभएको छ । त्यसका लागि प्रदेश सरकारले काम अघि बढाइसकेको उहाँले बताउनुभयो ।
प्रदेश सरकारले स्थापना गर्न लागेको विज्ञान तथा प्रविधि विश्वविद्यालयबारे सोमबार वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा आयोजित अन्तक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश २ को वीरगञ्जलाई मुलुकै प्राविधिक शिक्षाको हब बनाउन सकिने धारणा राख्नुभएको हो ।
वीरगञ्जमा यस अघि नै विश्वविद्यालय स्थापना गरिसक्नुपर्नेमा केन्द्र सरकारको उदासिनताको कारण विभिन्न समयमा पहल भए पनि त्यो सम्भव नभएको आरोप लगाउँदै उहाँले अहिले वीरगञ्जमा स्थापना हुने भनिएको विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि मन्त्रिपरिषदले सैद्धान्तिक स्वीकृति दिइसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा माननीय प्रहलाद गिरी, माननीय करिमा बेगम, प्रमुख सचिव गोकर्ण मणी दुवाडी, नीति योजनाका उपाध्यक्ष डा. भोगेन्द्र झा, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी, वीरगञ्ज उधोग वाणिज्य सघका अध्यक्ष सुबोध गुप्ता, उद्योगपति गणेश लाठ, अशोक टेमानी, ठाकुरराम क्याम्पसका क्याम्पस प्रमुख डा. उमेश चौरसिया, बिपिसी क्याम्पसका निर्देशक डा. दिपक शाक्य, ठाकुरराम क्याम्पसका प्रध्यापक डा. कृपासिन्धु चौधरी, प्राध्यापक डा. प्रमोद कुशवाहालगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सामाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षता सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?