logo
२०८१ असोज ७ सोमवार



विद्यार्थीका लागि सात ठाउँमा ‘फ्रि वाइफाइ’

शिक्षा |


विद्यार्थीका लागि सात ठाउँमा ‘फ्रि वाइफाइ’



गाेकर्ण दयाल
बैतडी, जेठ २२ गते । कोरोनाका कारण विद्यालय बन्द भएपछि दशरथचन्द नगरपालिकाले विद्यार्थीलाई अनलाईनबाट पढाई गराउन बैतडी सदरमुकामलगायत नगरपालिकाभित्र सात ठाउँमा फ्रि वाइफाइ जडान गरेको छ । बैतडी सदरमुकामको दरशरथचन्द नगरपालिका–४, गढी, गोठालापानी र शाहीलेक, सदरमुकामबाहिर गुरुखोला, देहिमाडौं, बस्कोट र रानीबुङ्गा गरी आठ स्थानमा फ्रि वाइफाइ जडान गरिएको हो ।
बन्दाबन्दीले विद्यार्थीको पढाई प्रभावित नहोस् भन्ने उद्देश्यले तत्काल सात ठाउँमा फ्रि वाइफाइ जडान गरेर निःशुल्क ईन्टरनेट सेवा दिन सुरु गरिएको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा संयोजक मोहन नाथले बताउनुभयो ।

शिक्षा संयोजक नाथले भन्नुभयो,“ नगरपालिकाभित्रका सबै विद्यार्थीलाई निःशुल्क इन्टरनेट सेवा दिन सबै ठाउँमा जडान गर्ने प्रक्रियामा छौं । पहिलो चरणमा सात ठाउँमा जडान गरेका छौं । यसबाट करिब तीन हजार विद्यार्थी लाभान्वित भएका छन् ।” इन्टरनेट सेवा प्रदायक प्राइभेट कम्पनी एभरेष्टसँगको सहकार्यमा फ्रि वाइफइ जडान गर्न दशरथचन्द नगरपालिकाले पाँचलाख रुपियाँ बजेट विनियोजित गरेको नगर शिक्षा शाखाले जानकारी दिएको छ । फ्रि वाइफाई सुविधा वर्षदिन भर पुग्ने गरेर रकम खर्च गरिने पनि शिक्षा शाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?