logo
२०८१ असोज ७ सोमवार



महर्जनप्रति श्रद्धाञ्जलि : ‘आर्थिक क्रान्तिका लागि शैक्षिक पर्यटन अभियान’  

शिक्षा |


महर्जनप्रति श्रद्धाञ्जलि : ‘आर्थिक क्रान्तिका लागि शैक्षिक पर्यटन अभियान’  
नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउने अभियानका परिकल्पनाकार स्व. महर्जन


      
भक्तपुर, असार ७ गते । नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउने अभियानका परिकल्पनाकार स्व. राजकुमार महर्जनको ‘आर्थिक क्रान्तिका लागि शैक्षिक पर्यटन अभियान’लाई सार्थक बनाउनु पर्ने शिक्षाप्रेमीले जोड दिएका छन् ।    
 भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित माउण्ट भ्यु इङ्लिस बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल एवं अध्यक्ष, प्याब्सन भक्तपुरका पूर्वअध्यक्ष स्वं महर्जनको आज १३ औँ दिनको स्मृति दिनका अवसरमा प्याब्सन भक्तपुरले आयोजना गरेको श्रद्धाञ्जलिसभा कार्यक्रममा शिक्षाप्रेमीले यस्तो बताउनुभएको हो ।    
 कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) केन्द्रीय अध्यक्ष टीकाराम पुरीले कोभिडका कारण धेरै प्रिन्सिपल र शिक्षक गुमाउनुपरेको बताउँदै भन्नुभयो, “हामीले शिक्षा क्षेत्रको एक नक्षत्रलाई गुमाएका छौँ, नेपालको शिक्षालाई समयानुसार फरक ढङ्गले लानुपर्छ भन्ने साचे राख्ने, शिक्षाको विकासमा धेरै भिजन भएको एउटा खम्बालाई हामीले गुमाएका छौँ ।” आगामी दिनमा नेपालको शिक्षाको गुणात्मक विकासमा लैजाने सोचका महर्जनको योगदानलाई सधै जीवन्त राख्न भक्तपुरदेखि केन्द्रीय प्याब्सनसम्मले कार्य गर्नुपर्ने भनाइ राख्नुभयोे ।    
 कार्यक्रममा प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्र अधिकारीले कोभिडको सङ्क्रमणले अस्पतालबाट उहाँलाई फर्काउने प्रयास असफल भएको भन्दै उहाँको शिक्षाप्रतिको सोच, सपना र योगदानलाई अब कसरी अगाडि बढाउने भनेर एक भएर लाग्नुपर्ने औल्याउनुभयो ।    
 कार्यक्रममा भक्तपुरका पूर्वजिल्ला शिक्षा अधिकारीद्वय सुन्दरकुमार शाक्य र अर्जुन रायमाझीले उहाँसंग शैक्षिक गन्तव्य बनाउने बारेमा धेरै छलफल भएको स्मरण गर्दै उहाँको अभियानलाई पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।    
 कार्यक्रममा हिसानका भक्तपुर अध्यक्ष अनिल कसपालले भन्नुभयो, “उहाँको सपना पुरा गर्न हामी, छौँ, उहाँको परिवार छ, स्कुल छ, उहाँले देखेको बाटोलाई सबै मिलेर पहिल्याउनु पर्छ, सबै शिक्षाप्रेमी एकआपसमा मिलेर पूर्णता दिने प्रयास गर्नुपर्छ ।”    
 एन प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले स्व. महर्जन शैक्षिक धरोहरको रुपमा रहेको चर्चा गर्नुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?