logo
२०८१ असोज ७ सोमवार



व्यास नगरपालिकाले आवासीय समता विद्यालय सञ्चालन गर्ने

शिक्षा |


व्यास नगरपालिकाले आवासीय समता विद्यालय सञ्चालन गर्ने
समता विद्यालय सञ्चालनको लागि प्रयोग गरिने बन्द भएको विद्यालय



अमरराज नहर्की
तनहुँ, असार ९ गते । तनहुँको व्यास नगरपालिमा रहेका सहाराविहीन बालबालिकाले आवास र खाना सुविधासहित अध्ययन गर्ने अवसर प्राप्त गर्ने भएका छन् । व्यास नगरपालिकाले वडा नम्बर ७ को सिसमटारमा समता विद्यालय सञ्चालन गर्ने भएकाले अवसर प्राप्त गर्ने भएका हुन् ।
सबै बालबालिकालाई विद्यालय पहुँच सुनिश्चितताका लागि कार्यपालिकाले एक करोड रुपियाँ विनियोजित गरी खाना तथा आवाससहितको समता विद्यालय सञ्चालन गर्ने निर्णय गरेको नगरप्रमुख वैकुष्ठ न्यौपानेले जानकारी दिनुभयो । ‘‘गरिब, निमुखा, पछाडि परेका, सङ्कटमा रहेका, कोभिडको सङ्क्रमणबाट बाबु र आमा गुमाएका बालबालिकाको अध्ययनको लागि मद्दत पु¥याउन समता विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छौं’’ नगर प्रमुख न्यौपानेले भन्नुभयो ।
उक्त स्थानमा बन्द रहेको क्यमिनकोट आधारभूत विद्यालयको पूर्वाधारहरुको जीर्णाेद्धार गर्ने जमिनको उपयोग गर्ने गरी हाल आधारभूत तह र भविष्यमा माध्यमिक तहसम्म सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अनाथ, सहाराविहीन बालबालिकाको तथ्याङ्क वडाबाट सङ्कलन गरी त्यसको आधारमा आगामी आर्थिक वर्षमा पूर्वाधारहरु तयार पारिने भएको छ । नगरपालिकाले भाषा, संस्कृति, कलाको प्रर्वद्धको लागि पनि चासो देखाएको छ । प्रवर्धनका लागि ५० लाख रुपियाँ विनोजन गरिएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?