logo
२०८१ असोज ७ सोमवार



सामुदायिक विद्यालयमा छात्रवृत्तिका लागि १० लाखको अक्षयकोष स्थापन

शिक्षा |


सामुदायिक विद्यालयमा छात्रवृत्तिका लागि १० लाखको अक्षयकोष स्थापन


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २० गते । कामनपा.–७, कुमारीगालस्थित श्रम राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत आर्थिक दृष्टिले कमजा जेहेन्दार बालबालिकाहरुलाई प्रोत्साहन तथा पुरस्कार एवं छात्रवृत्तिका लागि १० लाखको रुपियाँको अक्षयकोष स्थापना गरिएको छ ।
कुमारीगाल निवासी समाजसेवीद्वय शिवराम अर्याल तथा उनकी बहिनी निर्मला दाहाल अर्यालले आफ्ना स्वर्गीय मातापिता बद्रीप्रसाद अर्याल तथा चनकुमारी अर्यालको सम्मानमा, “बद्रीप्रसाद चनकुमारी अर्याल स्मृति अक्षयकोष” को स्थापना गर्नु भएको हो ।
सो कोषको मूलधनको ब्याजबाट प्रत्येक बर्ष उक्त विद्यालयका एसईई उत्तीर्ण विपन्न एवं जेहेन्दार एक छात्र तथा एक छात्रालाई कक्षा ११ र १२ मा अध्ययन गर्न मासिक छात्रवृत्ति तथा विद्यालयमा अध्ययनरत प्राथमिकतामा परेका अन्य विद्यार्थीलाई विद्यालयको सिफारिसमा आवश्यकता अनुसार आर्थिक सहयोग उपलब्ध गराईने बताइएको छ ।

कोष सञ्चालनका लागि शिवराम अर्यालको अध्यक्षतामा, निर्मला दाहाल अर्याल उपाध्यक्ष, मुरारीराज मिश्र र अनिरुद्र अर्याल सदस्य तथा श्रम राष्ट्रिय मा.वि.का प्रधानाध्यापक नारायणप्रसाद नेपाल सदस्यसचिव रहनुभएको पाँच सदस्यीय सञ्चालक समितिको गठन भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?