logo
२०८१ असोज ७ सोमवार



कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक भोलि बस्ने

शिक्षा |


कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक भोलि बस्ने
फाइल तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २२ गते । कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बस्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई सिफारिस गरे संगै बोर्डको बैठक बस्न लागेको हो ।

बोर्डले भोलि बोर्डका सचिव, सदश्यहरुलाई छलफलको लागि बोलाएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले बताउनुभयो । उहाँहरुको राय के आउँछ त्यसै अनुसार भोलि निर्णय लिने उहाँले बताउनुभयो ।
कोरोना कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो ।

कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीटरमार्फत जानकारी गराउनु भएको छ । तर पछिल्लो समय कोरोनाको संक्रमण बढदै गए पछि परीक्षा हुँने वा नहुँनेमा अन्योल बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?