logo
२०८१ बैशाख २५ मंगलवार



पर्साका सात स्थानीय निकायका विद्यालय सञ्चालनमा

शिक्षा |
प्रदेश |


पर्साका सात स्थानीय निकायका विद्यालय सञ्चालनमा



दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ ८ गते । पर्सा जिल्लाका १४ स्थानीय तह मध्ये सात स्थानीय तहका निजी तथा सामुदायिक विद्यालयहरुले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गरिरहेका छन् । सरकारले विद्यार्थीहरुको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशन नदिए पनि जिल्लाका एक महानगरपालिका सहित १४ वटा स्थानीय निकाय मध्ये सात वटाले विद्यार्थीहरुको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गरेका हुन् ।
पर्साको जीराभवानी गाँउपालिका, पर्टेवासुगौली गाँउपालिका, जगरनाथपुर गाँउपालिका, धोबिनी गाँउपालिका, छिपहरमाई गाँउपालिका, पकाहा मैनपुर गाँउपालिका र पोखरिया नगरपालिकाका विद्यालयहरु घोषितरुपमा विद्यार्थीलाई भौतिकरुपमा उपस्थित गराएर कक्षा सञ्चालन गरेका छैनन् ।
वीरगञ्ज महानगरपालिका, पर्सागढी नगरपालिका, बहुदरमाई नगरपालिका, ठोरी गाँउपालिका, कालिकामाई गाँउपालिका, सखुवा प्रसौनी गाँउपालिका र बिन्दवासिनी गाँउपालिकामा रहेका सामुदायिक तथा निजी विद्यालयहरुले विद्यार्थीहरुको भौतिक उपस्थितिमा कक्षा सञ्चालनमा ल्याएका छन् ।
कक्षा ८ देखि १२ सम्म सुरक्षा मापदण्ड पूरा गरेर कक्षा सञ्चालन गर्ने भनिए पनि पालना भएको पाईंदैन । पर्सामा कोरोना संक्रमणको दर निकै न्यून रहेको र अवस्था लगभग सामान्य जस्तै भएकाले तत्काल माथिल्लो निकायको निर्देशन नआएकाले घोषित रुपमा विद्यालय सञ्चालन गर भनेर नभनिएको र सञ्चालन गरेकालाई बन्द गर्नोस् भनी नभनिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो ।
एक पछि अर्को गर्दै वीरगञ्ज महानगरपालिकाका निजी विद्यालयहरु खुल्न थालेपछि अघिल्लो आइतबारदेखि महानगरले कक्षा ८ देखि १२ सम्मको कक्षा विद्यार्थीको भौतिक उपस्थितिमा गर्न सूचना प्रकाशित गरी निर्देशन दिएको थियो ।
वीरगञ्ज महानगरपालिका पछि विस्तारै पर्साको ग्रामिण क्षेत्रका विद्यालयहरुमा समेत विद्यार्थीहरुको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सुरु गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?