logo
२०८१ असोज ८ मंगलवार



भारत सरकारद्धारा निर्माण भएका छ वटा विद्यालय हस्तान्तरण

शिक्षा |


भारत सरकारद्धारा निर्माण भएका छ वटा विद्यालय हस्तान्तरण
भारत सरकारद्धारा निर्मित विद्यालय भवनको चावी दिएर हस्तान्तरण गर्नुहुँदै पूर्व मन्त्री बाँस्कोटा । तस्विरः मधुसुधन तिमल्सिना ।



मधुसुधन तिमल्सिना
काभ्रे, असोज १३ गते । भारत सरकारद्धारा निर्माण भएका छ वटा विद्यालय हस्तान्तरण गरिएको छ । बुधबार बनेपाको आजाद माध्यमिक विद्यालयमा एक कार्यक्रमबीच छ वटै विद्यालय भवन संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।
भारत सरकारले काभ्रेका १२ विद्यालय पुनःनिर्माण गर्ने जिम्वा लिएको थियो । जसमा बनेपा नगरपालिकामा रहेको आजाद माध्यमिक विद्यालय, पनौती नगरपालिकामा रहेको शारदा माध्यमिक विद्यालय, पाँचखाल नगरपालिकामा रहेको दुग्धेश्वर माध्यमिक विद्यालय, भगवती माध्यमिक विद्यालय र आजाद माध्यमिक विद्यालय र चौँरीदेउराली गाउँपालिकामा रहेको खाँडदेवी माध्यमिक विद्यालय पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सम्वन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय ब्यवस्थापन समिति अध्यक्षहरुलाई हस्तान्तरण गर्नु भएको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निर्देशक रामशरण सापकोटाले काभ्रेका १२ वटा विद्यालय निर्माणका लागि भारत सरकारले ६० करोड रकम उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँका अनुसार काभ्रेको नमोबुद्ध नगरपालिकाको लक्ष्मीनारायण मावि, कानपुर मावि, खानीखोला गाउँपालिकाको जनहित माबि र महाभारत गाउँपालिकाको भैरव माविको पुनःनिर्माणको अन्तिम चरणमा पुगेका छन भने रोसी गाउँपालिकाको हरिसिद्धि मावि र महाभारत गाउँपालिकाको सिद्धेश्वर माविको पुनःनिर्माण सुरु भएको सापकोटाले जानकारी दिनुभयो । भारत सरकारले नेपालमा ७० वटा विद्यालय र त्रिभुवन विश्वविद्यालयको पुस्तकालयल समेत गरी ७१ वटा भवनका लागि ५० मिलियन डलर सहयोग उपलब्ध गराएको सापकोटाले जानकारी दिनुभयो ।
भवन हस्तान्तरण कार्यक्रममा पूर्व सञ्चार मन्त्री बाँस्कोटाले भारत र नेपाल बीचको सम्बन्ध मजवुत रहेको बताउनुभयो । उहाँले भारत सरकार नेपालमा संकट पर्दा असल छिमेकी भएको बताउनुहुँदै दुवै देश मिलेर अगाडि बढ्दा मात्र सम्बन्ध सुमधुर हुने बताउनुभयो । संघीय सांसद गंगाबहादुर दोङ्ग, पुर्व राज्यमन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठले विद्यालय पुनःनिर्माणमा सहयोग गरेकोमा भारतीय सरकारलाई धन्यवाद दिनुभयो । भारतीय विदेश मन्त्रालयका सह सचिव अनुराग श्रीवास्तवले नेपाल र भारत बीचको अटल सम्बन्ध कै कारण दुःखमा साथ दिएको बताउनुहुँदै संकटमा छिमेकी छौँ भन्ने सन्देश दिन सफल भएको बताउनुभयो ।
राष्ट्रिय पुनर्निमाण प्राधिकरणको कार्यकारी सदस्य धुव्र्रप्रसाद शर्माले पुनर्निर्माणको काम पाँच प्रतिशत मात्रै बाँकी रहेकाले हस्तान्तरण प्रकृया शुरु भएको बताउनु भयो । बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेले भूकम्पबाट भत्किएका अधिकांश विद्यालय भवन पुनःनिर्माण सम्पन्न हुने चरणमा रहेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?