logo
२०८१ जेष्ठ २ बुधवार



विद्यालय खुल्यो, शिक्षक आउँदैनन्

शिक्षा |
प्रदेश |


विद्यालय खुल्यो, शिक्षक आउँदैनन्


प्रेमराज सिम्खडा
कालीकोट, असोज १५ गते । कोरोना जोखिममा झण्डै दुई शैक्षिक सत्र बन्द भएका विद्यालय बल्लतल्ल गत भदौ १ गतेबाट सञ्चालनमा आयो । जिल्ला प्रशासन कार्यालय कालीकोटले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर बिद्यालय खोल्न निर्देशन दियो । बिद्यालय जान नपाएका विद्यार्थी खुशी हुँदै विद्यालय जान थाले, तर विद्यालयमा शिक्षक नआउँदा विद्यार्थी निराश छन् ।

विद्यार्थी मात्र खुशी भएर के गर्नु पढाउने शिक्षक खुशी भएर विद्यालयमा पढाउन आइदिएको भए हामीलाई पढ्न पनि रमाइलो लाग्थ्यो भन्नुहुन्छ विद्यार्थी जीवनराज देवकोटा । गढुलस्नानी आधारभूत विद्यालय कक्षा ८ मा अध्यानरत देवकोटाले शिक्षकहरु प्रायः राजनीतिक कार्यक्रममा व्यस्त भएका कारण विद्यालयमा अनुपस्थित रहनेगरेको बताउनुभयो ।

बिद्यालयका प्रधानाध्यापक दीपराज देवकोटाले विद्यार्थी देवकोटाले भनेको कुरा सही रहेको र आफूलाई नेपाली काँग्रेसले वडा तथा गाउँ अधिवेशनका लागि निर्वाचन अधिकृत वनाएर पठाएका कारणले आफू विद्यालयमा लामो समय अनुपस्थित रहेको बताउनुभयो ।

तिलागुफा नगरपालिका ७ कान्छीवाडामा रहेको महावै आधारभुत बिद्यालयका प्रअ दिपवहादुर शाही स्थानीय निर्वाचन २०७४ मा वडा अध्यक्षमा निर्वाचन लड्नुभएको थियो । शिक्षकवाट राजिनाम दिएको गाउँलेलाई भने पनि अहिले महावै आधारभुत विद्यालयको प्रअ उहाँ कायमै रहनुभएको छ । काँग्रेस सम्बद्ध नेपाल शिक्षक संघका नेता शाही गाउँदेखि जिल्ला अधिवेशनका लागि दौडधुपमै समय व्यतित गरिरहनुभएको शिक्षकहरुको गुनासो छ । प्रअ शाहीले आफु निजी स्राेतको शिक्षक भएकाले चुनाव लड्दा राजिनामा दिन नपर्ने बताउनुभयो ।

काम विशेषले सदरमुकाम मान्ममा भएकाले विद्यालयमा अनुपस्थित रहेको उहाँले बताउनुभयो । तिलागुफा नगरपालिका ७ मा रहेको कालिका माविका शिक्षक बिरामी परेपछि उपचारका लागि आफू सदरमुकाममा रहेको उहाँले प्रष्ट पार्नुभयो ।

शिक्षक राजेन्द् बहादुर रावत पनि आन्तरिक कामले मान्ममा रहेको प्रअ शाहीले बताउनुभयो । अरुको कारण नखुलाए पनि प्रअ शाहले बिद्यालयमा हाल जनकबहादुर शाही मात्र उपस्थित रहनुभएको बताउनुभयो । प्राविका चार जना शिक्षकमध्ये तीन जना बाहिर रहनुभएकाले विद्यालयमा पठनपाठन प्रभावित भएको उहाँको भनाइ छ ।

कालिका माविका ब्यवस्थापन समितिका अध्यक्ष नैनबहादुर शाहीले यसभन्दा अगाडिको अध्यक्ष नेत्रबहादुर रावत रहेको र आफू अध्यक्ष भएको चार महिनामात्र भएकाले सुधारको प्रयास भइरहेको बताउनुभयो ।

विद्यालयमा कार्यरत शिक्षकहरु अधिकांश स्थानीय राजनीतिक काममा व्यस्त रहनुभएकाले विद्यालयको पठनपाठनमा समस्या हुँदैआएको स्थानीय अभिभावकको गुनासो रहँदैआएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?