logo
२०८१ जेष्ठ ७ सोमवार



विद्यार्थीलाई पुस्तक र टिफिन भाँडा वितरण

शिक्षा |
प्रदेश |


विद्यार्थीलाई पुस्तक र टिफिन भाँडा वितरण


राजेन्द्र ठगुन्ना
अमरगढी, असोज २० गते । अमरगढी नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीलाई पुस्तक तथा टिफिन बोक्ने भाँडा वितरण गरिएको छ ।

अमरगढी नगरपालिका ७ पोखरामा रहेको उग्रतारा माध्यामिक विद्यालयका कक्षा १ का ३७ जना, कक्षा २ का २० जना, कक्षा ३ का १९ जना र कक्षा ४ का ३० जना विद्यार्थीलाई पुस्तकसहित दिवाखाजाका भाँडा वितरण गरिएको छ ।

बालविकासका ३६ जना बालबालिकालाई पुस्तक पनि वितरण गरिएको छ । अमरगढी नगरपालिकाको सहयोगमा पुस्तक तथा टिफिन भाँडा विद्यार्थीलाई वितरण गरिएको शिक्षक ईश्वरीदत्त भट्टले बताउनुभयो ।

अभिभावकको सहयोगमा बालबालिकालाई घरम नै गराउन सकिने सिकाइ क्रियाकलापहरुका लागि कक्षा १ देखि कक्षा ४ सम्मका बालबालिकाहरुलाई पुस्तक तथा दिवा खाजाका लागि टिफिन भाँडा र बालविकासका बालबालिकालाई पुस्तक वितरण गरिएको अमरगढी नगरपालिकाका प्राविधिक सहायक वीरेन्द्रसिँह साउदले बताउनुभयो ।

उहाँले भन्नुभयो “अमरगढी भित्रका २५ वटा सामुदायिक विद्यालयका बालबालिकाको शिक्षण सहजीकरणका लागि पुस्तक वितरण गरेका छौँ, दिवा खाजा खानका लागि टिफिन भाँडा उपलब्ध गराएको हौँ ।” दिवा खाजा खानका लागि विद्यालयबाट एकैनासका भाँडा पाएपछि विद्यार्थी खुसी देखिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?