logo
२०८१ असोज ८ मंगलवार



रत्नराज्यलक्ष्मीमा स्नातकाेत्तर तहमा नेपालभाषाकाे पढाइ हुने

शिक्षा |


रत्नराज्यलक्ष्मीमा स्नातकाेत्तर तहमा नेपालभाषाकाे पढाइ हुने


काठमाडाैं, कात्तिक १७ गते । प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्नातकाेत्तर तहमा नेपालभाषाकाे पढाइ हुनेभएकाे छ।

नेवाः विद्यार्थी युनियनकाे सक्रियतामा काठमाडाैं महानगरपालिका र रत्न राज्यलक्ष्मी क्याम्पसबीच सहकार्य भएपछि शैक्षिक वर्ष २०७८/७९ स्नातकोत्तर तहकाे प्रथम सेमेस्टरकाे भर्ना खुलेकाे छ।

काठमाडौं महानगरले नेपालभाषा अध्यापनकf लागि रत्नराज्यलक्ष्मी क्याम्पसलाई वार्षिक १५ लाख उपलब्ध गराउनेछ । 

नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनका अनुसार कार्तिक २२ गतेसम्म आवेदन दिनसक्नेछ ।

नेपालभाषाकाे यस तहकाे पढाइ नेपालभाषा केन्द्रीय विभाग, पाटनढाेकामा मात्र भैरहेकाेमा यस क्याम्पसमा पनि हुन लागेकाे हाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?