logo
२०८१ असोज ८ मंगलवार



बालमन्दिर माबिका स्काउटरलाई पोसाक सहयोग

शिक्षा |
प्रदेश |


बालमन्दिर माबिका स्काउटरलाई पोसाक सहयोग


राजन रावत
हुम्ला, कात्तिक २२ गते । बालमन्दिर माध्यमिक विद्यालयका बिद्यार्थी स्काउटरलाई पोषाक सहयोग गरिएको छ । नेपाल स्काउटको कर्णाली प्रदेशले सहयोग गरेको पोसाक मुख्यमन्त्री जीवनबहादुर शाहीले विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले १६ जना छात्र र १६ जना छात्रा स्काउटरलाई स्काउट सम्वन्धी पोसाक सहयोग उपलव्ध भएको बताउनुभयो । एक कार्यक्रमबीच मुख्यमन्त्री शाहीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बोहरालाई अन्य सामग्री हस्तान्तरण गरेको बताउनुभयो ।

सहयोग प्राप्त सामग्रीमा पोसाक, जुता, मोजा, बेल्ट, स्क्याप, वागल, डोरी र टोपी छन् । यसअघि नेपाल स्काउटका कर्णाली प्रदेश संयोजक कमल बोहराले मुख्यमन्त्री शाहीलाई राष्ट्रियताको चिनो स्क्याप र वागल लगाइदिनुभएको थियो । पोसाक सामग्री सहयोग प्राप्त भएपछि विद्यालयका स्काउटरलाई गतिविधि सञ्चालन गर्न सहज हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोहराले विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?