logo
२०८१ असोज ८ मंगलवार



आर्थिक अभावमा विद्याश्रम विद्यालय

शिक्षा |
प्रदेश |
समाज |


आर्थिक अभावमा विद्याश्रम विद्यालय
वेद विद्याश्रम विद्यालयलाई सहयोग गर्न पुगेको टोली ।



कमल शर्मा
दैलेख, कात्तिक ३० गते । जिल्लाको नारायण नगरपालिका–७ मा रहेको शिदेश्वर महादेव तथा गंगागिरी विद्याश्रम आर्थिक अभावका कारण संचालन गर्न कठिनाई भएको छ । सिदेश्वर महादेव तथा गंगागिरी विद्याश्रम विद्यालयका अध्यक्ष नहकुल खड्काले आर्थिक अभाव भएकै कारण शिक्षकहरु राख्न कठिनाई समेत भएको बताउनुभयो ।

उहाँले नारायण नगरपालिकाले विद्या आश्रम संचालन गर्न दुई लाख ५० हजार संयोग गरे पनि त्यस रकम बाट शिक्षकलाई तलव खुवान समेत समस्या भएको बताउनुभयो ।उहाँले अहिले तीन जना शिक्षक राखेर मासिक ६ हजार रुपैया दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो हाम्रो विद्यालयमा अहिले २८ जना विद्यार्थी हुनुहुन्छ उहाँहरुको खानपिन र बस्नका लागि समेत व्यवस्था गर्न कठिन भएको छ ।

सिदेश्वर महादेव तथा गंगागिरी विद्याश्रमका शिक्षक नरेन्द्र उपाध्यायले विद्यालयले तोके अनुसार पारिश्रमिक नदिए पनि सेवाभाव कारण आफूहरुले अध्यापन गराइरहेको बताउनुभयो । उहाँले यही वर्षबाट वेद विद्या आश्रम विद्यालय सञ्चालन भएका कारण पनि विद्यार्थी कम हुनुहुन्छ आगामी वर्ष विद्यार्थी संख्या पनि बढ्ने अनुमान गरिएको छ ।
नारायण नगरपालिका दैलेख नगर प्रमुख रत्नबहादुर खड्काले तत्कालका लागि दुई लाख ५० हजार सहयोग गरिएको र अन्य थप सहयोग गर्ने तयारी समेत गरेको बताउनुभयो । उहाँले जिल्लाको निर्वाचन क्षेत्र नं १ मा एक मात्र वेद विद्याश्रम विद्यालय भएका कारण पनि अन्य पालिकाले समेत सयोग गर्नुपर्ने बताउनुभयो । उहाँले आफूले अन्य पालिका समेत समन्वय गर्ने बताउनुभयो ।

अध्यक्ष खड्काले विद्यार्थीलाई बस्नको लागि आवश्यक पर्ने लत्ताकपडा र खाटलगायत आर्थिक सहयोग गर्न सहयोगी मनहरुलाई आग्रह गर्नुभएको छ । उहाँले जिल्लामा रहेको केही संस्थाले झुल सहयोग गरेको बताउनुभयो । वेद आश्रम विद्यालय संचालन गर्न कठिनाई मध्य नजर गएर महायज्ञ लगाउनेकी भन्नेमा आफूहरु लागि परेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?