logo
२०८० चैत्र १५ बिहीवार



कोभिडले छुटेकाको परीक्षा बिहीबार

शिक्षा |


कोभिडले छुटेकाको परीक्षा बिहीबार


काठमाडौँ, मङ्सिर १५ गते । भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड १९ संक्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीको लागि बोर्डले मङ्सिर १६ गते अर्को परीक्षा सञ्चालन गर्ने भएको छ ।

बोर्डका नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षार्थी रहेका जिल्लाबाटै उनीहरुलाई परीक्षामा सहभागी हुने अवसर दिइनेछ । शर्माका अनुसार यस्ता परीक्षार्थी मुलुकभर ४१ जना छन् । उनीहरुको परीक्षाको नतिजा भने अन्य परीक्षार्थीको भन्दा ढिलो हुनेछ । तर उहाँहरुलाई पनि अन्य सरह यसै वर्ष स्नातक अध्ययनको अवसर दिइनेछ ।

१२ को नतिजा मङ्सिर २० भित्र
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गते भित्र सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तर पुस्तिका परीक्षणबाट प्राप्त नतिजालाई परीक्षण तथा तालिकीकरणको काम सकेको छ ।

नियमित कामबाहेक अन्य कुनै प्राविधिक समस्या नआएमा मङ्सिर २० भित्रै नतिजा सार्वजनिक हुने शर्माले बताउनुभयो । कोभिड १९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?