logo
२०८१ असोज ८ मंगलवार



विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा

शिक्षा |


विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा



कमल शर्मा

दैलेख, मङ्सिर २६ गते । विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा दिइएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले तीन वठा विद्यालयमा अध्यनरत विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा दिएको हो ।

आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख रामप्रसाद महत्तोले दुल्लु नगरपालिका–६ मा रहेको जयदेवी माध्यमिक विद्यालय छिउडीपुसाकोट, दुल्लु नगरपालिका १० गमौडीमा रहेको पंचकोशी ज्वाला माध्यमिक विद्यालय र नारायण नगरपालिका–६मा रहेको रेडक्रस माध्यमिक विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको कार्यक्रम अनुसार आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका डा. प्रज्ञा उपाध्यायले तीन वटा विद्यालयका करीव २५० जना विद्यार्थीहरुलाई आयुर्वेदको परिचय आयुर्वेद औषधिको बारेमा जानकारी, योग शिक्षा, जडिवुटीबारेमा जानकारी, दिनचर्या र रात्रिचर्या, ऋतुचर्या, आहार शैली र आयुर्वेदीय जीवनशैली तथा जडीबुटीको बारेमा जानकारी गराईएको जानकारी दिनुभयो । उहाँले आयुर्वेदप्रतिको विश्वास जगाउँने र प्रभावकारी बनाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्नुपरेको बताउनुभयो ।

रेडक्रस माध्यामिक विद्यालय भुर्तिका प्रधानाध्यापक रामचन्द्र रेग्मीले बालबालिकामार्फत् विभिन्न सन्देश तथा अभियान सञ्चालन गर्दा प्रभावकारी हुने भएका कारण पहिला बालबालिकालाई नै आयुर्वेद र योग शिक्षा जरुरी भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?