logo
२०८१ असोज ८ मंगलवार



एकसय जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

शिक्षा |


एकसय जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
शैक्षिक सामग्री वितरण गर्नुहुँदै पूर्वमन्त्री भट्टराई । तस्बिर - चन्द्र पन्दाक



चन्द्र पन्दाक
ताप्लेजुङ, पुस ४ गते । ताप्लेजुङका विभिन्न चारवटा विद्यालयमा अध्ययनरत एकसय जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । काठमाडौंस्थित दौँतारी नेपालको सहयोगमा स्थानीय ताप्लेजुङ विकास मञ्चले एकसय जना जेहेन्दार विद्यार्र्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
ताप्लेजुङ विकास मञ्चका अध्यक्ष सन्तोष प्रसाईका अनुसार मेरिङ्देन गाउँपालिकाको सूर्यदेवी माध्यमिक विद्यालय र सिद्धकाली आधारभूत बिद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । यस्तै, पाथीभरा याङ्वरक गाउँपालिकाको सिद्धेश्वरी माध्यमिक विद्यालय र सिरिजङ्घा गाउँपालिकाको भगवती आधारभूत बिद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको प्रसाईंले बताउनुभयो ।
प्रसाईंका उक्त चारवटा विद्यालयमा अध्ययनरत एकसय जना विद्यार्थीलाई पोशाकसहित शैक्षिक सामग्री वितरण गरिएको छ । प्रत्येक विद्यालयका जेहेन्दार २५–२५ जना विद्यार्थीलाई न्यानो कपडा, जुत्ता र कापी, कलम (बलपेन)जस्ता शैक्षिक सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो । उक्त विद्यालयहरुमा अध्ययनरत विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीलाई छनोट गरी शैक्षिक सामग्री सहयोग गरेकोमा सहयोगी संस्थाप्रति सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा शिक्षकले आभार प्रकट गर्नुभयो ।
सदरमुकाम फुङ्लिङमा आयोजित एक कार्यक्रमकाबीच पूर्वमन्त्रीसमेत रहनुभएका ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले सम्बन्धित विद्यालयका शिक्षकमार्फत् विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो । शैक्षिक सामग्री वितरण गर्नुहुँदै सांसद शैक्षिक सामग्री सहयोग गर्ने संस्थालाई धन्यवाद दिँदै जिल्लाको शैक्षिक विकास र सम्बन्धित विद्यालयको प्रगतिमा सहयोग पुग्ने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?