logo
२०८१ असोज ८ मंगलवार



सिन्धुपाल्चोकका विद्यार्थीलाई मोडर्ना खोप

शिक्षा |
स्वास्थ्य |
समाज |


सिन्धुपाल्चोकका विद्यार्थीलाई मोडर्ना खोप
बाह्रबिसे नगरपालिका–९ राम्चेस्थित सरस्वती माविका विद्यार्थी मोडर्ना खोप लगाउँदै ।



चित्र मिजार
सिन्धुपाल्चोक, पुस १२ गते । सिन्धुपाल्चोकका १२–१७ उमेरका विद्यार्थीहरुलाई धमाधम कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन थालिएको छ । विद्यार्थीहरु उत्साहपूर्ण रुपमा खोप लगाउन थालेका छन् ।
स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले सिन्धुपाल्चोकका विभिन्न माध्यमिक विद्यालयमा अध्ययनरत २८ हजार ५२५ जना विद्यार्थीलाई खोप लगाउँदै गरेको जानकारी दिनुभयो । उक्त सङ्ख्यामध्ये पहिलो चरणमा ८१ दशमलव ७ प्रतिशत सङ्ख्याका विद्यार्थीलाई पहिलो दोज खोप लगाइसकिएको जनस्वास्थ्य अधिकृत चापागाईंले बताउनुभयो ।
विद्यार्थीलाई खोप लगाउन थालेपछि उनीहरुका अभिभावकहरु पनि खुशी भएका छन् । १२ स्थानीय तहका उक्त समूहका विद्यार्थीहरुलाई खोप दिन थालिएको छ । सुनकोशी गाउँपालिका–४ यमुनाडाँडास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक साङदोर्जे लामाले विद्यार्थीलाई कोरोना प्रतिरोधी खोप दिएपछि विद्यार्थीहरुमा कोभिड १९ को भय र त्रास हराएको बताउनुभयो । खोप लगाए पनि कोरोनाविरुद्ध उच्च सर्तकता अफ्नाइएको उहाँले जानकारी दिनुभयो । उक्त विद्यालयमा अध्ययनरत छात्र विकास मिजारले खोप लगाएपछि निर्धक्क भएर विद्यालय आउन थालेको खुशी व्यक्त गरे । पहिलो डोज खोप लगाएका विद्यार्थीलाई २८ दिनपछि दोस्राे डोजको खोप लगाइने स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सिन्धुपाल्चोकमा करिब छ सय विद्यालय छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?