logo
२०८१ असोज ८ मंगलवार



पचास विद्यार्थीलाई भरोसा छात्रवृत्ति

शिक्षा |


पचास विद्यार्थीलाई भरोसा छात्रवृत्ति


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १३ गते । सामुुदायिक विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीलाई मासिक पाँच हजारका दरले छात्रवृत्ति रकम उपलब्ध गराइने भएको छ । सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न संस्थाले संयुक्त रूपमा यो रकम उपलब्ध गराउन लागेका हुन् । छात्रवृत्ति कार्यक्रमको सोमबार घोषणा गरिएको छ ।

कार्यक्रममा दिइएको जानकारीअनुसार ‘भरोसा छात्रवृत्ति’ नामकरण गरिएको यो कार्यक्रमका लागि डिसहोमले रकम उपलब्ध गराउनेछ । सामुुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विगतमा पनि छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिरहेको हेल्प नामक संस्थाले छात्रवृत्तिको व्यवस्थापन गर्नेछ । फ्याक्ट नेपालले छात्रवृत्ति वितरणका लागि आवश्यक प्राविधिक सहयोग गर्ने छात्रवृत्तिका अभियन्ता तथा हेल्पका संस्थापक जीमी लामाले जानकारी दिनुभयो ।

छात्रवृत्ति वितरणका लागि हरेक प्रदेशबाट दुई जिल्ला छनोट गरिनेछ, जसमध्ये मानव विकास सूचकाङ्क कम भएका जिल्लाबाट कुल ५० जना विद्यार्थी छनोट गरिनेछ । छनोट भएका विद्यार्थीलाई मासिक पाँच हजार रुपियाँ उपलब्ध गराइने लामाले जानकारी दिनुभयो । अभियानमा संलग्न नेपाली काँग्रेसका महामन्त्री गगन थापाले छात्रवृत्ति वितरण कार्यक्रममा सघाउन अन्य क्षेत्रका व्यक्ति तथा संस्थालाई अनुरोध गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?