logo
२०८१ असोज ८ मंगलवार



खुल्ला छाना र चिसाे भुइँमा उज्यालाे भविष्यकाे लागि पठनपाठन

शिक्षा |
समाज |


खुल्ला छाना र चिसाे भुइँमा उज्यालाे भविष्यकाे लागि पठनपाठन
तस्विर - प्रतीक इच्छुक शर्मा



प्रतीक इच्छुक शर्मा
सल्यान, पुस १६ गते । शारदा नगरपालिका १० पैयाखर्कमा रहेको जनता प्राथमिक विद्यालयको छाना उडाएको दुई वर्ष भए पनि अझैँ मर्मत नहुँदा पढाई प्रभावित भएको छ । पुस महिनाको चिसो छ । हावा हुरीले उडाएको विद्यालयको छाना मर्मत भएको छैन । सुशिल बिक कक्षा ५ पढ्छन् ।
‘छाना उडाएका विद्यालय भित्र पढ्न बसेका यी बालबालिका कोठा भित्रै आधा कार्पेट राखेर जता घाम त्यतै बसेर पढ्ने गर्छन्, विद्यालयमा न त बस्ने बेच्न छ, न त छाना’ सुशिलले भन्नुभयो । ‘कहिले विद्यालयको छाना बन्छ र सुरक्षित भएर पढ्न पाइन्छ । शारदा नगरपालिका १० पैयाखर्कमा रहेको जनता प्राथमिक विद्यालयको भवन हावाहुरीले उडाएको दुई वर्ष बितिसके पनि भवन मर्मत भएको छैन ।
खुला आकाश र चिसोले गर्दा बिरामी समेत हुने गरेको तिलक बोहराले बताउनुभयो । उहाँका अनुसार पानी परेको समयमा विद्यालय विद्यार्थी अनुपस्थित हुने गरेका छन् ।
दुईकोठे पक्की भवनको छाना मर्मतका लागि आवश्यक बजेट नभएकाले अहिलेसम्म मर्मत गर्न नसकिएको विद्यालयले जनाएको छ।
विद्यालय व्यवस्थापन समितिले हावाहुरीले छाना उडाएको केही दिनमै भवन मर्मत वा निर्माणका लागि आवश्यक निर्णय गरेर नगरपालिकामा पठाए पनि अहिलेसम्म काम सुरु भएको छैन । विद्यालयका प्रधानाध्यापक डम्बर चलाउने भवनको अभावमा पढाई प्रभावित हुँदै आएको बताउनुभयो । उहाँका अनुसार पानी परेको समयमा विद्यालय बन्द हुँदै आएको छ । जनता प्राथमिक विद्यालयमा ६३ विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
शारदा नगरपालिका १० पैर्याखर्कमा रहेको जनता प्राथमिक विद्यालय हावाहुरीले छाना उडाएको लामो समय भैसक्दा पनि पुनःनिर्माण नहुँदा पढाई प्रभावित भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?