logo
२०८१ असोज ८ मंगलवार



चिसो बढेपछि एक साताका लागि विद्यालय बन्द

शिक्षा |


चिसो बढेपछि एक साताका लागि विद्यालय बन्द



जनार्जन खत्री
सर्लाही, पुस १९ गते । अत्यधिक चिसो बढेपछि सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा सोमबारबाट एक साताका लागि सम्पूर्ण विद्यालय बन्द गरिएको छ ।
कठयाङ्ग्रिदो चिसोले विद्यार्थीहरुलाई विद्यालय आउनजान नै समस्या पर्न थालेपछि गाउँपालिकाले सोमबारदेखि पुस २६ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत र मदरसाहरु बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवनारायण कापरले जानकारी दिनुभयो । बन्द भएका विद्यालय पुस २७ गतेबाट खुल्ने गाउँपालिकाले जनाएको छ ।
दिनानुदिन चिसो बढ्दै गएकाले जिल्लाका अन्य पालिकाहरुले पनि विद्यालय बन्द गर्ने तयारी गरेका छन् । सर्लाहीसहित तराई क्षेत्रमा विगत चार दिनदेखि घाम नलागेका कारण अत्यधिक चिसो छ ।
हुस्सु लागेर शीतलहर चल्नुका साथै चिसो स्याँठ चल्दा जनजीवन कष्टकर बनिरहेको छ । चिसोले मुसहर, डोम, चमार लगायत पिछडिएको दलित परिवार र अतिविपन्नहरु बढी प्रभावित भएका छन् ।
कठयाङ्ग्रिदो चिसोबाट नागरिकलाई जोगाउन सर्लाहीमा कुनै पनि स्थानीय तहले यस वर्ष आगो ताप्नका लागि दाउरा वितरण गरेका छैनन् । न्यानो कपडा र ओढ्ने–ओछयाउन नभएकाहरु रातदिन चिसोमा कठयाङ्ग्रिएरै बसिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?