logo
२०८१ चैत्र २८ शुक्रवार



माघ १५ सम्म विद्यालय बन्द बारे शिक्षा मन्त्रालयले आज टुङ्गाे लगाउने

शिक्षा |


माघ १५ सम्म विद्यालय बन्द बारे शिक्षा मन्त्रालयले आज टुङ्गाे लगाउने


काठमाडौं, पुस २६ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बिदा बारेको निर्णय सोमबार गर्ने जनाएको छ। सोमबार दिउँसो मन्त्रालयमा बैठक बसेर यसको टुङ्गो लगाइने भएको छ ।
आइतबार मात्र कोभिड १९ सङ्क्रमण व्यवस्थापन समन्वय समिति (सिसिएमसीसी) ले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो । सिसिएमसीसीको सिफारीसअनुसार सोमबार मन्त्रालयले निर्णय गर्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभयो ।

जनस्वास्थ्यविदहरूको राय अनुसार आइतबार मात्र कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।राय अनुसार आइतबार मात्र कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?