logo
२०८१ असोज ८ मंगलवार



उदयपुरमा विद्यालय बन्द नगर्ने निर्णय

शिक्षा |
प्रदेश |


उदयपुरमा विद्यालय बन्द नगर्ने निर्णय


भोटराज राई
उदयपुर, पुस २८ गते । सरकारले मङ्गलबारदखि माघ १५ गतेसम्म देशभर विद्यालय बन्द गर्ने भनेृपनि उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका विद्यालयहरु बन्द नहुने भएका छन् । कोरोना संक्रमणको हिसावले उदयपुर रेडजोनमा नरहेको भन्दै उदयपुरका विद्यालयहरु बन्द नगर्ने निर्णय भएको त्रियुगा नगरपालिकाका सामाजिक विकास शाखा संयोजक मानबहादुर राईले बताउनुभयो ।

कोरोनाको नयाँ भेरियन्टको संक्रमण देशमा बढ्दो रहेको भएपनि त्रियुगा नगरक्षेत्रमा बन्द गर्नुपर्ने अवस्था नदेखिएको उहाँले बताउनुृभयो । “हाल सामान्य अवस्था छ, सामान्य अवस्थामा बालबालिकाको पढाई प्रभावित नपार्न यस्तो निर्णय गरिएको हो” संयोजक राईले भन्नुभयो “संक्रमणको अवस्था बढेमा बन्दको निर्णय गरिने छ ।”

विद्यालय बन्द नभए पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन निर्देशन गरिएको छ । निर्देशनको पालना गर्न र गराउन शिक्षक तथा विद्यार्थीलाई जोड दिइएको छ । विद्यालय बन्द गर्ने वा नगर्ने भन्ने विषयको निर्णय स्थानीय तहको रहेको छ । सोहीअनुरुप त्रियुगाले हाललाई बन्द नगर्ने निर्णय गरेको हो । नेपालमा सबैभन्दा पहिले कोरोनाको हटस्पोर्ट बनेको उदयपुर अहिले नियन्त्रणभित्र नै रहेको राईले बताउनुभयो ।

भेला नहुन निर्देशन
जिल्ला प्रशासन कार्यालय उदयपुरले नयाँ भेरियन्टसहितको कोभिड १९ संक्रमणको जोखिम बढेको भन्दै कुनै पनि किसिमले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन जारी गरेको छ । सभा, जुलुस, सम्मेलन, प्रदर्शनी, मेला, जात्रा, महोत्सव वा अन्य कुनै पनि कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन जारी गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?