logo
२०८१ बैशाख २० बिहीवार



राजनीतिकरणले मधेसको शिक्षामा असर : मन्त्री साह

शिक्षा |
प्रदेश |


राजनीतिकरणले मधेसको शिक्षामा असर : मन्त्री साह


लक्ष्मी चौधरी
जनकपुरधाम, फागुन १० गते । मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले राजनीतिक अवस्थाका कारण शिक्षाको भण्डार मानिने मधेस प्रदेशमा शैक्षिक अवस्था कमजोर बन्दैगएको बताउनुभएको छ ।

जनकपुरधामस्थित ‘गाउँ जाऔ’ नाराकासाथ ज्ञान हस्तान्तरण उद्घाटन कार्यक्रममा मंगलबार यहाँ सामाजिक विकासमन्त्री साहले सो कुरा बताउनुभयो । देशको कुना काप्चामा दक्ष जनशक्ति परिचालन गर्ने प्रदेशको शैक्षिक अवस्था अहिले गुणस्तरहिन बन्दैगएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

शैक्षिक अवस्था कमजोर हुनुमा राजनीतिक कारण रहेको उहाँले बताउनुभयो । समस्यालाई समयमै निराकरण गर्नुपर्ने उहाँको सुझाव छ । मन्त्री साहले भन्नुभयो, “यो क्षेत्र मिथिलाको राजधानी हो, यहाँ राजा जनकको दरबारमा विदेशीहरुको ताँती लाग्नेगथ्र्यो । अहिले शैक्षिक अवस्था खस्किँदै गएको छ ।” प्रविधिको युगमा शिक्षालाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

मेहनत, लगत सबैथोक छ, तर गुरणस्तरीय शिक्षा र सीप अभाव रहेको उहाँको भनाई छ । यहाँका दक्ष जनशक्ति बाहिरीनु पर्दा यस क्षेत्रको शिक्षामा असर परिरहेको मन्त्री साहले बताउनुभयो ।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको सन्देशपत्र बढेर सुनाइएको थियो । सन्देशपत्रमा भनिएको छ, “विभिन्न अभियानको प्रतिफल स्वरुप पहिलेको तुलनामा अहिले शैक्षिक अवस्थामा सुधार आएपनि शैक्षिक सुचकाङ्कमा अझै कमजोर देखिएको छ ।”
इक्वालिटी फाउन्डेशनका अध्यक्ष मेदीनी अधिकारीले आगामी दिनमा विदेशमा हाँसिल गरेको शिक्षा नेपालको गाउँसम्म सहज र सुलभ तरिकाबाट पुगाउने भूमिका संस्थाले खेल्ने विश्वास दिलाउनुभयो । आफूले जानेका ज्ञान सीप व्यवहारमा उतारे मात्र प्रभावकारी हुने उहाँको भनाई छ । प्रदेशसँगको सहकार्यमा ज्ञान रुपान्तरणको यात्रा प्रभावकारी बनाउन सबैको साथ सहयोगको उहाँले अपेक्षा गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?