logo
२०८१ बैशाख १३ बिहीवार



बाल संरक्षण र दुर्व्यवसन न्यूनीकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न

शिक्षा |


बाल संरक्षण र दुर्व्यवसन न्यूनीकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न


सहदेव बस्नेत

जाजरकोट, फागुन २१ गते । बाल संरक्षण र दुर्व्यवसन न्यूनीकरणसम्बन्धी विषयमा विद्यार्थीलाई अभिमुखीकरण गराइएको छ ।

अष्ट्रेलियन एड, कारितास अष्ट्रेलियाको आर्थिक सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोटको साझेदारीमा सञ्चालित नेपाल जिविकोपार्जन तथा उत्थानशीलता कार्यक्रमको आयोजनामा विद्यार्थीलाई दुर्व्यवसन न्यूनीकरणसम्बन्धी अभिमुखीकरण तालिम गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोट, सामुदायिक सेवा केन्द्र, भेरी नगरपालिका जाजरकोटको शिक्षा युवा तथा खेलकुद साखाको शिव मावि कालेगाउँको नवश्रजनशील शान्ति युवा क्लबसँगको समन्वय तथा साझेदारिमा कार्यक्रम समपन्न भएको हो ।

बाल क्लब तथा विद्यालयमा अध्ययनरत विद्यार्थी, विद्यालयका शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु लगायत करिब एक सय जनाको सहभागिता थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले लागूऔषध तथा दुर्व्यवसन न्यूनीकरणसम्बन्धी विषयमा सचेतना गराउनुभएको थियो ।

त्यस्तै, यार्सनका जिल्ला कार्यक्रम प्रबन्धक सहदेव बस्नेतले बाल अधिकारका प्रमुख क्षेत्र, बाल संरक्षणका लागि सरोकारवालाहरुले खेल्नुपर्ने भूमीका, बालमैत्री विद्यालयको अवधारणा, बालमैत्रि वातावरण र पूर्वाधार आदि बारे सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा बालबालिकाहरुले बालअधिकार, दुर्व्यवसनबाट कसरी बच्ने, बालमैत्री विद्यालयका लागि हुनुपर्ने सूचकहरु बारे विभिन्न जिज्ञासा राखेका थिए । आफूहरुले विद्यालयमा गुणस्तरीय पठनपाठनका लागि आवश्यक पूर्वाधारको व्यवस्था हुनुपर्ने माग राखेका थिए । जस अन्तर्गत रेष्ट रुम, शौचालयको प्रयाप्त व्यवस्था, खेलकुदका सामग्रीहरु आदि प्रयाप्त मात्रामा हुनुपर्ने माग राखेका थिए ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?