logo
२०८० चैत्र १६ शुक्रवार



श्रीभगवतीको दोस्रो जित

शिक्षा |
खेलकुद |


श्रीभगवतीको दोस्रो जित


कठमाडौँ, फागुन २१ गते । श्रीभगवती क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल लगातार दोस्रो जित निकालेको छ । ललितपुरस्थित एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा श्रीभगवतीले ब्वाइज युनियन क्लबलाई २–१ गोलले हरायो । लिगको पहिलो खेलमा श्रीभगवतीले झम्सिखेल युथ क्लबलाई ३–१ गोलले हराएको थियो ।

श्रीभगवतीको जितमा अमित लामाले गोल गर्नुभयो । श्रीभगवतीले अर्को गोल ब्वाइजका कप्तान विष्णुबहादुर सुनारबाट आत्मघाती उपहार पाएको थियो । यसअघि ब्वाइजका विनोद राईले गोल गर्दै ब्वाइजलाई सुरुवाती अग्रता लिनाउनुभएको थियो ।

तर २७औँ मिनेटमा सुनारको आत्मघाती गोल गरेपछि ब्वाइज निरास बन्यो । श्रीभगवतीका लामाले ८५औँ मिनेटमा निर्णायक गोल गर्नुभएको थियो । जितसँगै श्रीभगवतीले ६ अंक बनाएको छ । ब्वाइजको समान खेलबाट तीन अंक छ ।

चैत २७ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले सिंगल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्ष दुई टोली ‘ए’ डिभिजनमा बढुवा र अन्तिममा रहने दुई टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?