logo
२०८१ बैशाख १५ शनिवार



एन प्याब्सनको अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

शिक्षा |
प्रदेश |


एन प्याब्सनको अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा


सिराज खान
नेपालगञ्ज, फागुन २३ गते । निजी विद्यालयको सङ्गठन नेशनल प्याब्सनको अध्यक्षमा वर्तमान महासचिव सुवास न्यौपानेले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको छ । सोमबार यहाँ पत्रकार सम्मेलन आयोजना गरेर न्यौपानेको नेतृत्वमा प्यानलसहितको उम्मेदवारी घोषणा गरेको हो । नेपालगञ्जमा आयोजना गरिएको एन प्याब्सनको सातौं महाधिवेसनका लागि नेशनल प्याब्सनका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार कर्णबहादुर शाहीले अध्यक्षलगायत पदाधिकारी उम्मेदवारको घोषणा गर्नुभयो ।

अध्यक्षका उम्मेदवार न्यौपाने वर्तमान महासचिव हुनुहुन्छ । यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रमोद प्रभाकर रिजालले उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँ वर्तमान उपाध्यक्ष पनि हुनुहुन्छ । उपाध्यक्षमा सुबाेधकुमार डाँगी, श्यामसिंह मौनी र शम्भु अधिकारीको नाम घोषणा गरिएको छ । डाँगी र मौनी क्रमशः लुम्बिनी र सुदुरपश्चिम प्रदेशका प्रमुख हुनुहन्छ । अधिकारी निवर्तमान कोषाध्यक्ष हुनुहुन्छ ।

यसैगरी महासचिवमा उपमहासचिव पारसमणि दाहाललाई अघि सारिएको छ । बागमती प्रदेशका उपप्रमुख प्रकाशचन्द्र खड्कालाई उपमहासचिवको उम्मेदवार घोषणा गरिएको छ । कोषाध्यक्षमा अहिलेकै कोषाध्यक्ष प्रतापबहादुर थापालाई उम्मेदवार बनाइएको छ ।

नेपालगञ्जको सोल्टी होटलमा आइतवारदेखि शुरु भएको नेशनल प्याब्सनको सातौं महाधिवेशनले ४७ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चुन्न सोमवार निर्वाचन हुँदैछ । छैटाैं महाधिवेशनमा अध्यक्षमा पराजित हुनुभएका पाण्डव हमालकाे पनि टिमसहित चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी छ । महाधिवेशनको शिक्षामन्त्री देवेन्द्र पौडेलले उदघाटन गर्नुभयो । निर्वाचनमा देशभरिबाट आएका एक हजार जना मतदाताले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?