logo
२०८१ बैशाख ८ शनिवार



प्रतिभा पलायन रोक्न बीटेक एडआईटी कार्यक्रम सुरु

शिक्षा |
प्रदेश |


प्रतिभा पलायन रोक्न बीटेक एडआईटी कार्यक्रम सुरु


धीरेन्द्रप्रसाद साह
राजविराज, फागुन २५ गते । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बीटेक एडआईटी (ब्याचलर अफ टेक्नीकल एजुकेशन इन इनफर्मेसन टेक्नोलोजी) विषयमा चार वर्षे स्नातक कार्यक्रम सुरुवात भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बुधबार एक कार्यक्रमबीच सो कार्यको सुरुवात गर्नुभयो । सूचना प्रविधिको क्षेत्रमा प्राविधिक शिक्षक तयार गर्नु काठमाण्डौं विश्वविद्यालयले जानकी कलेज फर प्रोफेसनल स्टडीजको सहकार्यमा कार्यक्रम सुरुवात गरेको जानकी कलेजका अध्यक्ष पंकज जालानले बताउनुभयो ।

जनकपुरधामको पहिलो स्मार्ट विद्यालय अक्षर विद्या मन्दिरको परिसरमा सञ्चालन गरिने चार वर्षे बीटेक एडआईटी कार्यक्रम आठ सेमेस्टरमा विभाजित गरिएको र कुल भार १३८ क्रेडिट आवर रहेको बताइएको छ । नेपाल सरकारले सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमलाई सहयोग गर्न कार्यक्रममा भर्ना हुने विद्यार्थीले इन्टर्नसीपको दोस्रो वर्षदेखि विद्यालयमा अध्यापन गराउनु पर्ने कार्यक्रमको मोडेल रहेको अध्यक्ष जालानले बताउनुभयो ।

कक्षा १२ वा सो सरह वा सीटीइभीटीले सञ्चालन गरेको तीन वर्षे डिप्लोमा उत्तीर्ण गरेको विद्यार्थीको छनौट काठमाडौंं विश्वविद्यालयले सञ्चालन गरेको प्रवेश परीक्षाको आधारमा गरिने उहाँले बताउनुभयो । अध्यक्ष जालानकाअनुसार मधेस प्रदेशमा साक्षरता र शैक्षिकस्तरमा वृद्धि गर्न प्रदेशका जेहेन्दार विद्यार्थीले जनकपुरधाममा नै बसेर काठमाडौंं विश्वविद्यालयले सञ्चालन गरेको सूचना प्रविधिसँग सम्बन्धित् स्नातकस्तरको कार्यक्रममा अध्ययन गर्ने अवसर पाउने भएका छन् ।
अध्ययन पूराभएपछि प्रदेशको शैक्षिक संस्थामा अध्यापन गर्न पाउने अवसर भएकाले ‘ब्रेन ड्रेन’ (प्रतिभा पलायन) लाई विस्तारै रोक्न सकिने विश्वास लिएको उहाँको भनाएै छ ।

प्राविधिक शिक्षालयमा अध्यापन गराउने शिक्षकको अभाव कम गर्न यस कार्यक्रमले ठूलो मद्दत पु¥याउने काठमाडौंं विश्वविद्यालयका स्कुल अफ एजुकेशनका डीन बालचन्द्र लुईटेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?