logo
२०८१ बैशाख १३ बिहीवार



शैक्षिक अवस्था सुधार्न शिक्षक अभिभावकलाई अभिमुखीकरण तालिम

शिक्षा |
प्रदेश |


शैक्षिक अवस्था सुधार्न शिक्षक अभिभावकलाई अभिमुखीकरण तालिम


जीबछ यादव
लाहान, फागुन ३० गते । लहान नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न तीनदिने अभिमुखीकरण तालिम सुरु गरेको छ । तीनदिने तालिममा पहिलो दिन अभिभावकलाई, दोेस्रो दिन विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकहरुलाई र तेस्राे दिन विधार्थीलाई तालिम दिन लागेको लाहान नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

५९ वटा सामुदायिक विद्यालयमा निजी विद्यालय छाडेर सयौंको संख्यामा सामदायिक विद्यालयमा भर्ना हुने लहर नै चलेको लहान नगरपालिकाको सामुदायिक विद्यालयको शैक्षिकस्तर सधार गर्न उपयोगी हुने उद्देश्यले तालिम चलाएको शिक्षा शाखाका प्रमुख अमिरी यादवले बताउनभयो ।

उहाँका अनुसार तालिममा अभिभावकले आफ्नो जिम्मेबारी वहन गर्नसक्ने, प्रधानध्यापकले आफ्नो उत्तरदायित्व बुझ्न सक्ने र विधार्थी समेत समयमा विद्यालय गएर पढाइप्रति रुचि बढाउन तालिम उपयोगी हुनेछ ।

दोस्राे दिन विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र प्रधानाध्यापकको तालिम उदघाट्नसत्रमा लहान नगरप्रमख मुनि साहले हाम्रो लहान, समृद्ध लहानको नारा कार्यान्वयन गर्न सामुदायिक विद्यालयको सुधार आवश्यक रहेको बताउनुभयो । यसतर्फ लहान नगरपालिकाले सुरुदेखि अहिलेसम्म काम गर्दैआइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भौतिक निर्माण र शैक्षिक सुधारको कार्यक्रमलाई अझै प्रभावकारी बनाउन शैक्षिक अवस्थामा सुधार गर्न नगरपालिकाले अभिभावक, शिक्षक र विधार्थीलाई प्रोत्साहित गरी शिक्षामैत्री वातावरण बनाउन लागेका छौं ।’

२०७४ सालदेखि अवकासप्राप्त ४८ जना शिक्षक शिक्षिकालाई सो अवसरमा सम्मान गरिएको थियो । अवकाशप्राप्त शिक्षकलाई सम्झेर सम्मान गरेको कार्यले आफूहरु उत्साहित भई प्राप्त अनुभव र ज्ञान सामुदायिक विद्यालयको सुधारका लागि लगानी गर्न सक्ने जनता आधारभूत विद्यालय बैरिया गँदीगाउँ लहान –१० का अवकाशप्राप्त शिक्षक बद्रीनारायण चौधरीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?