logo
२०८१ बैशाख १३ बिहीवार



तनहुँबाट ६ हजार बढी विद्यार्थी एसईई परीक्षामा सहभागी हुने

शिक्षा |
प्रदेश |


तनहुँबाट ६ हजार बढी विद्यार्थी एसईई परीक्षामा सहभागी हुने


अमरराज नहर्की
तनहुँ, चैत २३ गते । तनहुँबाट यस वर्ष ६ हजारभन्दा बढी विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेभएका छन् । वैशाख ९ गतेबाट सुरु हुने एसईई परीक्षामा एक खुला विद्यालयसहित निजी र सामुदायिक विद्यालयबाट ६ हजार १८५ जना सहभागी हुनेभएका हुन् ।

जिल्लामा २६ वटा परीक्षा केन्द्रबाट सो सङ्ख्याका परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई तनहुँका निमित्त प्रमुख विश्वप्रकाश रेग्मीले जानकारी दिनुभयो ।

इकाईकाअनुसार एसईई परीक्षाको लागि २६ वटा केन्द्राध्यक्ष तोकिएका छन् । प्रत्येक परीक्षा केन्द्रमा ५ देखि १० जनासम्म सुरक्षाकर्मी खटाइने बताइएको छ । एसईई परीक्षा आगामी वैशाख ९ देखि २० गतेसम्म हुने निर्णय भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?