किशोर किशोरी मैत्री सूचना कर्नर सञ्चालन नमूना कार्यविधि स्वीकृत
रासस
माघ ३, २०७७ शनिबार
विद्यालयका पुस्तकालय अथवा छुट्टै कोठामा किशोरकिशोरी मैत्री सूचना कर्नर सञ्चालन गर्नेगरी सरकारले किशोरकिशोरी मैत्री सूचना कर्नर (कक्ष) सञ्चालन नमूना कार्यविधि २०७७ लाई स्वीकृत गरेको छ ।
विद्यालयमा किशोरकिशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य शिक्षालाई व्यवस्थित बनाउन सहयोग पु¥याउने उदेश्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हालै सो कार्यविधि स्वीकृत गरेको...