जीवनाेपयाेगी सीप सिक्दै विद्यार्थी
गोरखापत्र अनलाइन
माघ ३, २०७७ शनिबार
तनहुँको सदरमुकाम दमौलीस्थित निर्मल माध्यमिक विद्यालयका विद्यार्थीले सालको पातको दुना टपरी बनाउने, गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, मकै भुट्ने र हलो जोत्ने सीपहरु सिकेका छन् । शिक्षाको साथै नेपाली परम्परागत सीप र संस्कृतिको व्यवहारिक ज्ञान दिने उद्देश्यले विद्यालयले परम्परागत सीपहरु सिकाइरहेको छ ।
विषयगत शिक्षाका अलावा विद्यालयमा व्यावहारिक ज्ञान सिकाएर नयाँ पुस्तालाई पुरानो सीप र संस्कृतिबारे नौलो...