‘केही सेवा खोल्नेबारे छलफल मात्र भएको हो, विद्यालय खोल्ने निर्णय भएको छैन’
गोरखापत्र अनलाइन
पुष १९, २०७७ आईतवार
भिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) को बैठकले कोरोना संक्रमण केही कम भएकाले यस अघि बन्द भएका केही सेवा खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा लाने निर्णय गरेको छ ।
तर अहिले नयाँ भाइसरको देखा परेका विद्यालय खोल्दा त्यसका संक्रमण फैलन सक्ने भएकाले विद्यालय तत्तकाल खोल्न उपयुक्त नभएको छलफल भएको बैठक पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताउनुभयो ।