उच्चशिक्षा सबैलाई सर्वसुलभ हुनुपर्छः प्रधानमन्त्री
रासस
पुष ६, २०७७ सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै वर्ग र समुदायका लागि उच्च शिक्षा सर्वसुलभ हुनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयको ६४औँ दीक्षान्त समारोहलाई आज भर्चुअल रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिका लागि हुनुपर्छ र यस्तो शिक्षा प्राप्त गर्ने अवसर सबैलाई प्राप्त हुनुपर्छ भन्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विपन्न वर्गले शिक्षा...