कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी’ शिक्षा अत्यावश्यक : माथेमा
रासस
आश्विन १७, २०७७ शनिबार
शिक्षाविद् केदारभक्त माथेमाले कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी’ लाई अनिवार्य विषयका रुपमा समावेश गरिनु सकारात्मक भएको बताउनुभएको छ ।
शिक्षा पत्रकार समाज र सामाजिक अध्ययन शिक्षक समाजले आज भर्चुअलरुपमा आयोजना गरेको ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी’ शिक्षाको महत्व विषयक छलफलमा माथेमाले सरकारले उक्त निर्णयको प्रशंसा गर्दै नयाँ पुस्तालाई लोकतन्त्र, संविधान, सङ्घीयता र समावेशीताको ज्ञानका लागि यस्ता...