रेडियो, इन्टरनेट र टेलिभिजन नभएपछि नियमित कक्षा सञ्चालन
गोरखापत्र अनलाइन
आश्विन ११, २०७७ आईतवार
बागलुङको ताराखोला गाउँपालिकाले आइतबारदेखि गाउँपालिका भित्रका विद्यालयमा नियमित पठन–पाठन सुरु गरेको छ ।
सरकारले वैकल्पिक माध्यमद्वारा शैक्षिक क्रियाकलप संचालन गर्न आग्रह गरे पनि गाउँपालिकामा रेडियो, इन्टरनटे र टेलिभिजनको सहज सुविधा नभए पछि नियमित पठन पाठन थालिएको हो ।
गाउँ शिक्षा समितिको बैठकले विद्यालयमा स्वास्थ्य सुरक्षा मापदपण्ड अपनाएर विद्यालय संचालन गर्ने निर्णय गरेको शिक्षा अधिकृत सविता कुमारी केसीले...